YouVersion लोगो
खोज आइकन

गन्‍ती 6

6
नाजिरीहरूको निम्ति नियमहरू
1इस्राएलीहरूलाई यी तल लेखिएका आदेशहरू दिनू भनी 2परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, “कुनै पुरुष वा स्‍त्री, जसले नाजिरी बन्‍नलाई विशेष भाकल गर्दछ र आफैंलाई परमप्रभुकहाँ चढाउँछ, 3#लूका 1:15त्‍यो दाखमद्य र अन्‍य मद्य पिउनदेखि जोगिओस्। त्‍यसले दाखबाट वा कुनै मद्यबाट बनेको सिर्का नपिओस्। त्‍यसले अङ्‌गुरको रस नपिओस् र ताजा वा सुकाएका दाखहरू नखाओस्। 4जबसम्‍म त्‍यसले नाजिरीको भाकल राख्‍दछ, त्‍यसले दाखको बोटबाट पाइने कुनै कुरो– बीयाँ, फल वा बोक्रा केही नखाओस्।
5“जबसम्‍म त्‍यसले नाजिरीको भाकल राख्‍छ, त्‍यसले आफ्‍ना केश काट्‍न वा खौरनुहुँदैन। परमप्रभुकहाँ चढाइएको पूरा समयभरि त्‍यो नाजिरीको भाकलले बाँधिएको हुन्‍छ र त्‍यसले आफ्‍ना केश बढ्‍न दिनुपर्नेछ। 6-7केश त्‍यसको परमप्रभुमा चढाइएको चिनो हो र त्‍यसले कुनै मुर्दा वा लाशको छेउ गएर आफैंलाई अपवित्र नबनाओस्। त्‍यो आफ्‍नै बुबाआमा, दाजुभाइ, दिदी-बहिनीका लाशको छेउमा पनि नजाओस्। 8जबसम्‍म त्‍यो नाजिरी रहनेछ, त्‍यो परमप्रभुमा चढाइएको हुनेछ।
9“त्‍यो कसैको छेउमा बसेको छ र त्‍यो व्‍यक्ति अचानक मरिगयो र त्‍यसकारणले नाजिरीको चढाइएको केश अपवित्र भयो भने त्‍यसले सात दिनसम्‍म पर्खोस्। अनि त्‍यसले आफ्‍नो केश र दाह्री खौरोस् र यसरी ऊ विधिअनुसार शुद्ध हुनेछ। 10त्‍यसपछि आठौँ दिनमा त्‍यसले एक जोर परेवा वा ढुकुर परमप्रभु बास गर्ने पवित्र पालको ढोकामा पूजाहारीकहाँ ल्‍याओस्। 11पूजाहारीले एउटाचाहिँ पापबलि र अर्को होमबलिको रूपमा चढाओस् र त्‍यसको शुद्धीकरणको विधि पूरा गरोस् किनभने त्‍यसले लाश छोएको छ। त्‍यही दिन त्‍यसले आफ्‍ना केश अर्पण गरेर 12परमप्रभुकहाँ आफूले भाकल गरेको नाजिरी रहने समयभरिको लागि फेरि आफैंलाई समर्पण गरोस्। त्‍यसको अर्पण गरिएका केश अपवित्र भएको कारणले त्‍यसले अघि नाजिरी भएर बिताएको समय गनिनेछैन। त्‍यसले एउटा एक वर्षको भेडाको थुमा दोषबलिको निम्‍ति ल्‍याओस्।
13 # प्रेरित 21:23,24 “एउटा नाजिरीले आफ्‍नो भाकल पूरा गरिसकेपछि त्‍यसले आफ्‍नो विधि पूरा गर्नेछ। त्‍यो परमप्रभुको पवित्रपालका ढोकामा जानेछ 14र परमप्रभुलाई तीनवटा निष्‍खोट पशुहरू– होमबलिको लागि एउटा एकवर्षे थुमा, पापबलिको लागि एउटी एकवर्षे पाठी र मेलबलिको लागि एउटा साँढ-भेडा चढाउनेछ। 15त्‍यसले एक डालो अखमिरी रोटी, जैतुनको तेलसित मुछेर बनाएको मोटो रोटी र जैतुनको तेल दलेका सानो पातला रोटीहरू पनि चढाउनेछ। त्‍यसमाथि तोकिएको अन्‍नबलि र मद्यबलिहरू पनि त्‍यसले चढाउनेछ।
16“पूजाहारीले यी सबै थोक परमप्रभुकहाँ टक्र्याउनेछ र पापबलि र होमबलि चढाउनेछ। 17उसले साँढ-भेडालाई मेलबलिका रूपमा बलि चढाउनेछ र त्‍योसित रोटीको डालो पनि चढाउनेछ। उसले अन्‍नबलि र मद्यबलि पनि चढाउनेछ। 18पवित्र पालको ढोकामा नाजिरीले आफ्‍नो केश खौरेर मेलबलि बलिरहेको आगोमा हाल्‍नेछ।
19“त्‍यसपछि साँढ-भेडाको काँध पानीमा उमालिसकेपछि पूजाहारीले त्‍यो निकालेर डालोबाट एउटा बाक्‍लो रोटी र एउटा सानो पातलो रोटी पनि लिई ती सबै नाजिरीको हातमा दिनेछ। 20तब ती सबै विशेष भेटीका रूपमा पूजाहारीले परमप्रभुलाई चढाउनेछ। ती पूजाहारीको निम्‍ति पवित्र भेटी हुन्, जुन विधिअनुसार पूजाहारीको भागमा पर्ने साँढ-भेडाका ह्याकुला र साँप्रोमाथि उसले अरू थप पाउनेछ। त्‍यसपछि नाजिरीले मद्यपान गर्न सक्‍छ।
21“यी नियमहरू नाजिरीका निम्‍ति हुन्। तर यदि नाजिरीले आफ्‍नो भाकलअनुसार चाहिएको भन्दा बढी वा ठूलो भेटी चढाउने प्रतिज्ञा गरेको छ भने त्‍यसले सो प्रतिज्ञा ठीक गरी पूरा गर्नुपर्नेछ।”
पूजाहारीहरूले दिने आशीर्वाद
22हारून र तिनका छोराहरूले इस्राएलीहरूलाई आशीर्वाद दिँदा 23यसरी आशीर्वाद देऊन् भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो:
24“परमप्रभुले तिमीलाई आशिष् देऊन् र तिम्रो रक्षा गरून्,
25परमप्रभु तिमीमाथि दयालु र कृपालु रहून्।
26परमप्रभुले तिमीमाथि कृपादृष्‍टि गरून् र शान्‍ति देऊन्।”
27तब परमप्रभुले भन्‍नुभयो, “यदि तिनीहरूले मेरो नाम इस्राएलीहरूलाई आशीर्वाद दिएर उच्‍चारण गरे भने म तिनीहरूलाई आशीर्वाद दिनेछु।”

अहिले सेलेक्ट गरिएको:

गन्‍ती 6: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्