YouVersion लोगो
खोज आइकन

गन्‍ती 8

8
पानस राख्‍ने तरिका
1 # प्रस्‍थान 25:31-40; 37:17-24 परमप्रभुले मोशालाई भन्‍नुभयो, 2“हारूनलाई भन् कि त्‍यसले सातवटा पानसहरू सामदानमा राख्‍दा सामदानको अघिल्‍तिर प्रकाश पर्ने गरी राखोस्।” 3हारूनले त्‍यसै गरेर पानसहरू सामदानको अघिपट्टि राखे। 4परमप्रभुले मोशालाई देखाउनुभएको नमुनाअनुसार सामदान टुप्‍पोदेखि फेदसम्‍म पिटेको सुनले बनेको थियो।
लेवीहरूका शुद्धीकरण र अर्पण
5परमप्रभुले मोशालाई भन्‍नुभयो, 6“लेवीहरूलाई इस्राएलका अरू जातिबाट अलग छुट्ट्याएर 7यस प्रकारले शुद्ध गर्‌, शुद्धी गराउने पानी तिनीहरूमाथि छर्किंदै र आ-आफ्‍ना शरीरका रौँहरू जम्‍मै खौरेर वस्‍त्र धुन लगा। तब तिनीहरू शुद्ध हुनेछन्। 8तब तिनीहरूले एउटा साँढे र जैतुनको तेल मुछेको अन्‍नबलिको लागि चाहिने पिठो लिनेछन् र तैँले चाहिँ अर्को साँढे पापबलिको लागि लिनू। 9तब इस्राएलीहरूलाई भेला गरेर लेवीहरूलाई परमप्रभु बास गर्ने पवित्र पालको अघिल्‍तिर उभिन लगा। 10तब इस्राएलीहरूले लेवीहरूको टाउकोमा हात राखून्। 11तब हारूनले ती लेवीहरूलाई इस्राएलीहरूका तर्फबाट मलाई चढाइएका विशेष भेटीका रूपमा चढाउनेछन् र तिनीहरूले मेरो सेवा गर्नेछन्। 12तब लेवीहरूले ती दुई साँढेका शिरमा आफ्‍ना हात राख्‍नेछन् र लेवीहरूका शुद्धीकरणको विधि पूरा गर्न एउटा साँढेले पापबलि र अर्काले होमबलि चढाउनुपर्नेछ।
13“हारून र त्‍यसका छोराहरूका अघि उभ्‍याएर लेवीहरूलाई विशेष भेटीका रूपमा मलाई चढा। 14यस प्रकारले लेवीहरूलाई अरू इस्राएलीहरूदेखि अलग गर्नू र तिनीहरू मेरा हुनेछन्। 15तैँले लेवीहरूलाई शुद्ध गरेर अर्पण गरिसकेपछि तिनीहरू पवित्र पालमा सेवाकार्य गर्न योग्‍यका हुनेछन्। 16मैले इस्राएलीहरूका सबै जेठा छोराहरूका सट्टामा तिनीहरूलाई मागेको छु र ती मेरा मात्र जन हुन्। 17#प्रस्‍थान 13:2जब मैले मिश्रका सबै जेठा र पहिले जन्‍मेकाहरूलाई मारें, तब हरेक इस्राएली परिवारका जेठा छोरा र पहिले जन्‍मेका पशुहरूलाई आफ्‍ना बनाई अर्पण गराएँ। 18अहिले म इस्राएलीहरूका सबै जेठा र पहिले जन्‍मनेहरूका सट्टामा लेवीहरूलाई लिँदै छु 19र तिनीहरूलाई हारून र त्‍यसका छोराहरूका जिम्‍मामा इस्राएलीहरूबाट विशेष भेटीको रूपमा दिनेछु। तिनीहरूले इस्राएलीहरूका निम्‍ति पवित्र पालमा सेवाकार्य गर्नेछन्। पवित्र स्‍थानको नजिकमा आउने इस्राएलीहरूमाथि विनाश नपरोस् भनेर तिनीहरूले इस्राएलीहरूको लागि शुद्धीकरणको कार्य गर्नेछन्।”
20यसकारण मोशा, हारून र इस्राएलीहरूले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार लेवीहरूलाई चढाए। 21लेवीहरूले आफैंलाई शुद्ध गरे, आफ्‍ना कपडा धोए र हारूनले तिनीहरूलाई विशेष भेटीको रूपमा परमप्रभुकहाँ चढाए। हारूनले तिनीहरूका शुद्धीकरणको विधि पनि पूरा गरे। 22परमप्रभुले लेवीहरूका बारेमा मोशालाई दिनुभएको आज्ञाअनुसार इस्राएलीहरूले सबै कुरा पूरा गरे। यसरी लेवीहरू हारून र तिनका छोराहरूका रेखदेखमा पवित्र पालमा सेवाकार्य गर्नलाई योग्‍य भए।
23परमप्रभुले मोशालाई भन्‍नुभयो, 24“पच्‍चीस वर्ष पुगेपछि हरेक लेवीले म बास गर्ने पवित्र पालमा सेवा गर्नेछ। 25पचास वर्ष पुगेपछि त्‍यसले सेवा गर्न छोड्‍नेछ। 26त्‍यसपछि त्‍यसले आफ्‍नो लेवी सङ्गीहरूलाई पवित्र पालको सेवाकार्य पूरा गर्ने काममा सहायता दिन सक्‍छ तर त्‍यो आफैंले कुनै सेवा गर्न पाउनेछैन। यसरी तैँले लेवीहरूले गर्ने कार्यको व्‍यवस्‍था मिलाउनू।”

अहिले सेलेक्ट गरिएको:

गन्‍ती 8: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्