YouVersion लोगो
खोज आइकन

गन्‍ती 9

9
दोस्रो निस्तार-चाड
1 # प्रस्‍थान 12:1-13 इस्राएलीहरू मिश्रबाट निस्‍किआएपछि दोस्रो वर्षको पहिलो महिनामा परमप्रभु मोशासित सीनैको मरुभूमिमा बोल्‍नुभयो। उहाँले भन्‍नुभयो, 2-3“यस महिनाको चौधौँ दिन घाम डुबेपछि, इस्राएलका मानिसहरूले निस्‍तार-चाड, त्‍यसका सारा व्‍यवस्‍था नियमअनुसार मनाउनुपर्नेछ।” 4यसकारण मोशाले मानिसहरूलाई निस्‍तार-चाड मान्‍न लाए 5र पहिलो महिनाको चौधौँ दिनको साँझ सीनै उजाड-स्‍थानमा तिनीहरूले चाड मनाए, परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार मानिसहरूले सबै कुरा ठीकसित गरे।
6तर त्‍यहाँ केही मानिसहरू थिए, जो लाश छोएका कारणले अशुद्ध थिए र तिनीहरूले त्‍यस दिन निस्‍तार-चाड मनाउन सकेनन्। तिनीहरूले मोशा र हारूनकहाँ गएर भने, 7“हामी लाश छोएकोले अशुद्ध भएका छौं, तापनि किन हामीले अरू इस्राएलीहरूसँगै परमप्रभुलाई भेटी चढाउन पाउँदैनौं?”
8मोशाले उत्तर दिए, “परमप्रभुबाट मैले आदेश नपाएसम्‍म तिमीहरू पर्ख।”
9परमप्रभुले मोशालाई भन्‍नुभयो, 10“इस्राएलीहरूलाई यसो भन्, ‘तिमीहरू कोही वा तिम्रा कुनै सन्‍तान लाश छोएर अशुद्ध भएको छ वा टाढा यात्रामा गएको छ तर त्‍यसले निस्‍तार-चाड मनाउन चाहन्‍छ नै भने 11तिनीहरूले एक महिनापछि सो चाड मनाउन पाउनेछन्। त्‍यस्‍ताहरूले दोस्रो महिनाको चौधौँ दिनको साँझमा अखमिरी रोटी र तीतो साग खाएर चाड मनाउनेछन्। 12#प्रस्‍थान 12:46; यूहन्‍ना 19:36कुनै पनि खानेकुरा भोलिपल्‍ट बिहानसम्‍म नउबार्नू र पशुको कुनै पनि हड्डी नभाँच्‍नू। सबै नियमअनुसार निस्‍तार-चाड मनाउनू। 13तर जो अशुद्ध छैन वा टाढा यात्रामा छैन र पनि त्‍यसले निस्‍तारचाड मनाएन भने त्‍यसलाई फेरि मेरो प्रजा हो भनी मानिनेछैन किनभने त्‍यसले तोकिएको समयमा मलाई भेटी चढाएन। त्‍यसले आफ्‍नो पापको फल भोग्‍नेछ।
14“तिमीहरूका माझमा बास गर्ने विदेशीहरूले निस्‍तार-चाड मनाउन चाहन्‍छन् भने तिनीहरूले सारा व्‍यवस्‍था र नियमहरू मान्‍नुपर्नेछ। विदेशी वा स्‍वदेशी सबैलाई एउटै नियम लागू हुनेछ।”
आगोजस्‍तो देखिने बादल
(प्रस्‍थान ४०:३४-३८)
15-16जुन दिन परमप्रभुले बास गर्ने पवित्र पाल स्‍थापना गरियो, त्‍यस दिन बादल आएर त्‍यसलाई ढाक्‍यो। राती त्‍यो बादल आगोजस्‍तो देखिन्‍थ्‍यो। 17जब त्‍यो बादल सर्दथ्‍यो, इस्राएलीहरूले छाउनी उठाउँथे र जुन ठाउँमा त्‍यो बादल बस्‍दथ्‍यो, त्‍यहाँ फेरि छाउनी हाल्‍थे। 18परमप्रभुको आज्ञामा इस्राएलीहरूले छाउनी उठाउँथे, उहाँको आज्ञामा तिनीहरूले छाउनी लाउँथे। जबसम्‍म बादलमाथि रहन्‍थ्‍यो, तिनीहरू त्‍यहाँ छाउनीमा बसिरहन्‍थे। 19पवित्र पालमाथि धेरै बेरसम्‍म बादल रहिरहे तिनीहरू परमप्रभुको आदेश मानेर अघि बढ्दैनथे। 20कहिलेकाहीँ बादल थोरै दिन मात्र पवित्र पालमाथि रहन्‍थ्‍यो। जे भए पनि तिनीहरू परमप्रभुको आज्ञाअनुसार छाउनीमा बसिरहन्‍थे वा अघि बढ्थे। 21कहिलेकाहीँ बादल साँझदेखि बिहानसम्‍म मात्र रहन्‍थ्‍यो र बादल सर्ने बित्तिकै तिनीहरू हिँड्थे। दिन वा रातमा जब बादल सर्दथ्‍यो, तब तिनीहरू अघि बढ्थे। 22दुई दिन, महिना दिन, वर्ष दिन वा त्‍योभन्दा धेरै, जबसम्‍म बादल पवित्र पालमाथि रहन्‍थ्‍यो, तिनीहरू बढ्दैनथे। तर जब त्‍यो सर्दथ्‍यो, तिनीहरू अघि बढ्थे। 23परमप्रभुले तिनीहरूलाई मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरूल छाउनी हाल्‍थे वा उठाउँथे।

अहिले सेलेक्ट गरिएको:

गन्‍ती 9: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्