YouVersion लोगो
खोज आइकन

गन्ती 7:1-11

गन्ती 7:1-11 NNRV

मोशाले पवित्र वासस्‍थान खड़ा गरिसकेपछि, त्‍यसलाई र त्‍यसका सबै सरसामानहरू, र साथै वेदी र त्‍यसका सबै भाँड़ाकुँड़ाहरू अभिषेक गरी अर्पण गरे। तब इस्राएलका गणना भएका नेताहरू, अर्थात्‌ कुलनायकहरू र परिवारका मुखियाहरूले आ-आफ्‍नो बलि चढ़ाए। तिनीहरूले परमप्रभुको सामुन्‍ने छ वटा छोपिएका गाड़ाहरू र बाह्र वटा गोरु, दुई-दुई कुलनायकका निम्‍ति एक-एक गाड़ा र नायकैपिच्‍छे एक-एक गोरुको आ-आफ्‍नो बलि ल्‍याएर पवित्र वासस्‍थानको सामुन्‍ने प्रस्‍तुत गरे। तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तिनीहरूबाट ती ग्रहण गर्, र भेट हुने पालको काममा ती प्रयोग गरिऊन्‌। लेवीहरूलाई आ-आफ्‍नो कामअनुसार ती तैंले दिनू।” तब मोशाले ती गाड़ाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए। दुई वटा गाड़ा र चार वटा गोरु तिनले तिनीहरूको कामअनुसार गेर्शोनीहरूलाई दिए। चार वटा गाड़ा र आठ वटा गोरु हारून पूजाहारीका छोरा ईतामारको अधीनमा काम गर्ने मरारीहरूलाई तिनीहरूको कामअनुसार तिनले दिए। तर कहातीहरूलाई तिनले केही पनि दिएनन्, किनभने आफ्‍ना काँधमा पवित्र वस्‍तुहरू बोक्‍ने जिम्‍मेवारी तिनीहरूको थियो। वेदी अभिषेक भएको दिन कुलनायकहरूले त्‍यसको अर्पण-कार्यमा आफ्‍ना भेटीहरू ल्‍याएर वेदीको सामु प्रस्‍तुत गरे। किनकि परमप्रभुले मोशालाई भन्‍नुभएको थियो, “वेदीका अर्पण-कार्यको निम्‍ति हरेक दिन कुलनायकमा एक जनाले आफ्‍नो भेटी चढ़ाओस्‌।”