त्यसपछि येशूले चेलाहरूलाई आफ्नो बारेमा यसरी बताउन लाग्नुभयो, “मानव पुत्रले धेरै दु:ख भोग्नुपर्छ। अगुवा, मुख्य पूजाहारी र धर्म-गुरुहरूले उसलाई इन्कार गर्छन् अनि मार्नेछन्। तर तीन दिनपछि ऊ फेरि मरेकोबाट बिउँतनेछ।” यसरी उहाँले चेलाहरूलाई यो कुरा स्पष्टसँग भन्नुभयो। अनि पत्रुसले उहाँलाई एकातिर लगेर “यसो नभन्नोस्,” भनी सम्झाए। तुरुन्तै येशूले आफ्नो मुहार फर्काउनुभयो र चेलाहरूतिर हेरेर पत्रुसलाई हकार्नुभयो, “ए शैतान, मबाट पछि हट्! तेरो विचार परमेश्वरपट्टिको होइन, तर मान्छेको हो।” त्यसपछि येशूले आफ्ना चेलाहरू र त्यहाँ भएका मानिसहरूलाई बोलाएर भन्नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर आफ्नो क्रूस बोकी मलाई पछ्याउनुपर्छ किनभने आफ्नो खातिर जोगाउन खोज्नेले यो गुमाउनेछ, तर आफ्नो ज्यान मेरो लागि र सुसमाचारको लागि गुमाउनेले चाहिँ त्यो पाउनेछ। मानिसले संसारलाई नै हात पारे पनि आफ्नो आत्माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र? गुमाएको आत्मा फेरि केले फिर्ता गर्न सक्छ? यो पापी र व्यभिचारी पुस्तामा जसले म र मेरा शिक्षामा लाज मान्छ, म मानव पुत्रले पनि पिताको महिमा लिएर पवित्र स्वर्गदूतहरूसँग आउँदा त्यसलाई आफ्नो भन्न लाज मान्नेछु।”
मर्कूस 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 8:31-38
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू