YouVersion लोगो
खोज आइकन

मर्कूस 8:31-38

मर्कूस 8:31-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“मानिसको पुत्रले धेरै दुःख भोग्‍नु, र धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट इन्‍कार गरिनु र मारिनु अनि तीन दिनपछि जीवित भई उठ्‌नु आवश्‍यक छ” भनेर उहाँले तिनीहरूलाई सिकाउन लाग्‍नुभयो। यसरी उहाँले यो कुरा प्रष्‍टै भन्‍नुभयो। तर यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे। तर फर्केर आफ्‍ना चेलाहरूलाई हेरी, पत्रुसलाई उहाँले यसो भनेर हप्‍काउनुभयो, “ए शैतान, मबाट हटिजा, किनकि तेरो मन परमेश्‍वरपट्टि छैन, तर मानिसपट्टि छ।” तब उहाँले आफ्‍ना चेलाहरूका साथमा भीड़लाई आफूकहाँ बोलाएर तिनीहरूलाई भन्‍नुभयो, “कोही मानिस मपछि लाग्‍ने इच्‍छा गर्दछ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्, र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌। किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्दछ, त्‍यसले त्‍यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्‍ति आफ्‍नो प्राण गुमाउनेले त्‍यो बचाउनेछ। किनभने मानिसले सारा जगत्‌ हात पारेर आफ्‍नो प्राण गुमायो भने त्‍यसलाई के फाइदा हुन्‍छ? अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ? अनि यस व्‍यभिचारी र पापी पुस्‍तामा जो मदेखि र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्‍ना पिताको महिमामा पवित्र दूतहरूसँग आउँदा त्‍यसदेखि शर्माउनेछ।”

शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्

मर्कूस 8:31-38 नेपाली समकालीन संस्करण (NCV)

तब उहाँले तिनीहरूलाई मानिसका पुत्रले धेरै कष्‍टहरू सहनुपर्छ, अनि प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शिक्षकहरूबाट तिरष्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी सिकाउन थाल्नुभयो। उहाँले यस विषयमा स्पष्‍ट रूपले भन्‍नुभयो, अनि पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे। तर येशूले फर्केर आफ्ना चेलाहरूतिर हेरेर पत्रुसलाई हकार्नुभयो, “ए शैतान! मबाट टाढा जा,” उहाँले भन्‍नुभयो, “तेरो मनमा परमेश्‍वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।” तब उहाँले आफ्ना चेलाहरूसित भीडलाई पनि आफूकहाँ बोलाएर भन्‍नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने, उसले आफैलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, उसले त्यो गुमाउनेछ, तर जसले मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ। कुनै मानिसले सारा संसार हात पारेर पनि आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा हुन्छ? अथवा कुनै मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्छ र? यस व्यभिचारी र पापी पुस्तामा यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने, मानिसका पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र स्वर्गदूतहरूसित आउँदा त्यससँग शर्माउनेछन्।”

शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्

मर्कूस 8:31-38 पवित्र बाइबल (NERV)

त्यसपछि उहाँले चेलाहरूलाई सिकाउन शुरु गर्नुभयो कि मानिसको पुत्रले धेरै कष्टहरूको सामना गर्नुपर्छ। येशूले तिनीहरूलाई सिकाउनु भयो, कि यहूदी बुढाहरू, मुख्य प्रधानहरू तथा शास्त्रीहरूले मानिसको पुत्रलाई अस्वीकार गर्नेछन्। उहाँले तिनीहरूलाई सिकाउनु भयो, कि मानिसको पुत्र मारिनु पर्छ अनि मरेको तीन दिनपछि बौरी उठ्नेछन्। येशूले पछि घट्ने प्रत्येक घट्नाहरूको बारेमा तिनीहरूलाई भन्नुभयो। उहाँले कुनै कुरालाई गुप्त राख्नु भएन। पत्रुसले येशूलाई अलग्ग लगे अनि येशूले भनेका कुराहरूको आलोचना गरे। तर येशू फनक्क फर्के र चेलाहरूलाई हेर्नु भयो। अनि उहाँले पत्रुसलाई हकार्नुभयो। अनि उहाँले पत्रुसलाई भन्नुभयो, “शैतान मदेखि टाढो बस परमेश्वरले सोच्नु भए जस्तो तिमीले सोच्दैनौ। तिमीले मानिसहरूले जस्तै सोच्छौ।” तब येशूले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो उहाँका चेलाहरू पनि त्यहीं थिए। अनि उहाँले भन्नुभयो, “यदि कसैले मलाई अनुशरण गर्न चाहन्छ भने, त्यसले स्वयंलाई अस्वीकार गरोस् उसले आफूलाई दिईएका क्रूस (कष्टहरू) लाई ग्रहण गर्नेपर्छ, अनि मलाई पछ्याउनु पर्छ। जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ। किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो? किनभने आफ्नो आत्मा फिर्ता पाउनको निम्ति मानिसले केही पनि तिर्न सक्तैन। अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससँग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसँग आउनेछु।”

शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्

मर्कूस 8:31-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि येशूले चेलाहरूलाई आफ्‍नो बारेमा यसरी बताउन लाग्‍नुभयो, “मानव पुत्रले धेरै दु:ख भोग्‍नुपर्छ। अगुवा, मुख्‍य पूजाहारी र धर्म-गुरुहरूले उसलाई इन्‍कार गर्छन् अनि मार्नेछन्। तर तीन दिनपछि ऊ फेरि मरेकोबाट बिउँतनेछ।” यसरी उहाँले चेलाहरूलाई यो कुरा स्‍पष्‍टसँग भन्‍नुभयो। अनि पत्रुसले उहाँलाई एकातिर लगेर “यसो नभन्‍नोस्,” भनी सम्‍झाए। तुरुन्‍तै येशूले आफ्‍नो मुहार फर्काउनुभयो र चेलाहरूतिर हेरेर पत्रुसलाई हकार्नुभयो, “ए शैतान, मबाट पछि हट्! तेरो विचार परमेश्‍वरपट्टिको होइन, तर मान्‍छेको हो।” त्‍यसपछि येशूले आफ्‍ना चेलाहरू र त्‍यहाँ भएका मानिसहरूलाई बोलाएर भन्‍नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्‍छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर आफ्‍नो क्रूस बोकी मलाई पछ्याउनुपर्छ किनभने आफ्‍नो खातिर जोगाउन खोज्‍नेले यो गुमाउनेछ, तर आफ्‍नो ज्‍यान मेरो लागि र सुसमाचारको लागि गुमाउनेले चाहिँ त्‍यो पाउनेछ। मानिसले संसारलाई नै हात पारे पनि आफ्‍नो आत्‍माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र? गुमाएको आत्‍मा फेरि केले फिर्ता गर्न सक्‍छ? यो पापी र व्‍यभिचारी पुस्‍तामा जसले म र मेरा शिक्षामा लाज मान्‍छ, म मानव पुत्रले पनि पिताको महिमा लिएर पवित्र स्‍वर्गदूतहरूसँग आउँदा त्‍यसलाई आफ्‍नो भन्‍न लाज मान्‍नेछु।”

शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्