YouVersion लोगो
खोज आइकन

मर्कूस 6:6-19

मर्कूस 6:6-19 सरल नेपाली

आफ्‍ना ठाउँका मानिसहरूले विश्‍वास नगरेको देख्‍दा उहाँलाई उदेक लाग्‍यो। येशू गाउँ-गाउँको बाटो भएर मानिसहरूलाई शिक्षा दिंदै जानुभयो। त्‍यति बेला उहाँले आफूले छान्‍नुभएका बाह्र जनालाई बोलाएर तिनीहरूलाई भूत निकाल्‍ने शक्ति र अधिकार दिनुभयो, अनि दुई-दुई जना गरेर गाउँ-सहरमा यसो भन्‍दै पठाउनुभयो, “टेक्‍ने लौरोबाहेक बाटोको लागि रोटी, झोला, पैसा वा अरू केही नबोक। जुत्ता लगाओ अनि दौराचाहिँ एउटै मात्र लगाएर जाओ।” उहाँले तिनीहरूलाई अझै भन्‍दैजानुभयो, “कुनै गाउँमा पुग्‍दा जुन घरमा पस्‍छौ, त्‍यो गाउँ नछोडुञ्‍जेलसम्‍म त्‍यही घरमा बस्‍नू। अनि कुनै ठाउँमा पुग्‍दा मानिसहरूले तिमीहरूलाई स्‍वागत गरेनन् र तिमीहरूका कुरा सुन्‍न मानेनन् भने ती मानिसहरूलाई परमेश्‍वरले गर्नुहुने न्‍यायको चेतावनी दिंदै पैतालाको धुलो त्‍यहीं टक्टक्‍याएर त्‍यो गाउँ छोडिदेओ।” त्‍यसपछि चेलाहरू गए अनि मानिसहरूलाई “पश्‍चात्ताप गर, पाप छोड,” भनेर प्रचार गर्न थाले। तिनीहरूले भूत लागेका धेरै मानिसहरूबाट भूत निकाले अनि तेलले अभिषेक गरेर धेरै बिरामीहरूलाई निको पारे। येशूको नाउँ चारैतिर फैलिएको हुनाले हेरोद राजाले पनि उहाँको बारेमा सुने। कसै-कसैले त यसो भन्‍दै थिए, “बप्‍तिस्‍मा दिने यूहन्‍ना मरेकोबाट बिउँतेछन्, त्‍यसैले त यिनले यस्‍ता शक्तिशाली कामहरू गर्दछन्!” कतिले चाहिँ “यी एलिया अगमवक्ता नै हुन्,” भन्‍थे अनि कतिले चाहिँ “उहिलेका अगमवक्ताहरूजस्तै एक जना अगमवक्ता निस्‍किएछन्,” भन्‍थे। यी कुरा सुनेपछि हेरोदले भने, “यो त यूहन्‍ना नै हो। उसलाई मैले मारेको थिएँ, अब ऊ मरेकोबाट बिउँतेछ!” त्यसको केही समय पहिले हेरोदले यूहन्‍नालाई पक्रन लगाई बाँधेर थुनामा राखेका थिए किनभने हेरोदले आफ्‍नै भाइ फिलिपकी स्‍वास्‍नी हेरोदियासलाई ल्‍याएर राखेका थिए। अनि बप्‍तिस्‍मा दिने यूहन्‍नाले “भाइकी स्‍वास्‍नी यसरी ल्‍याएर राख्‍नु ठीक हुँदैन,” भनेर उनलाई सम्‍झाइरहन्‍थे। त्‍यसो हुँदा हेरोदियासलाई यूहन्‍नासँग रिस उठेको थियो। तिनी यूहन्‍नालाई मार्न चाहन्‍थिन्, तर राजा हेरोद नमानेकाले तिनले केही गर्न सकिनन्

मर्कूस 6 पढ्नुहोस्