येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्ने कुरा सुनेर फरिसीहरू एक गुट बाँधेर येशूकहाँ आए। तिनीहरूमध्ये एक जना धर्म-गुरुले येशूलाई फसाउने विचारले सोधे, “हे गुरु, व्यवस्थाको सबैभन्दा ठूलो आज्ञाचाहिँ कुन हो?” येशूले जवाफ दिनुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो पूरा हृदय, पूरा प्राण र पूरा मनले प्रेम गर। सबैभन्दा मुख्य र ठूलो आज्ञा यही हो। अनि यस्तै अर्को मुख्य र ठूलो आज्ञाचाहिँ, ‘आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर।’ मोशाका सबै व्यवस्था र अगमवक्ताका शिक्षाहरूको आधार यी दुई आज्ञा हुन्।” त्यस बेला येशूले गुट बाँधेर आएका फरिसीहरूलाई सोध्नुभयो, “मुक्ति दिने राजा ख्रीष्टको बारेमा तिमीहरूको के विचार छ त? उनी कसका सन्तान हुन्?” तिनीहरूले जवाफ दिए, “उनी त दाऊदका सन्तान हुन्।” येशूले सोध्नुभयो, “त्यसो भए किन दाऊदलाई परमेश्वरको आत्माले उहाँलाई ‘प्रभु’ भन्न लाउनुभयो? किनभने दाऊद आफैंले त यसरी भनेका छन्– परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘मैले तिम्रा शत्रुहरूलाई तिम्रो पैतालामुनि नपारुञ्जेल तिमी मेरो दाहिनेपट्टि नै बस।’ यसरी दाऊद आफैंले ख्रीष्टलाई प्रभु भनेपछि कसरी ख्रीष्टलाई दाऊदको सन्तान भन्ने?” तर कसैले पनि कुनै जवाफ दिन सकेनन्। अनि त्यस दिनदेखि कसैले पनि येशूलाई कुनै कुरा सोध्ने आँटसमेत गरेनन्।
मत्ती 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 22:34-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू