उहाँले सदुकीहरूलाई चूप पार्नुभयो भन्ने सुनेर फरिसीहरू उहाँकहाँ भेला भए। तिनीहरूमध्ये एक जना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, “गुरुज्यू, व्यवस्थामा महान् आज्ञा कुन हो?” उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू। महान् र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्यस्तै छ, तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू। सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्।” जब फरिसीहरू भेला भएका थिए, तब येशूले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो, “ख्रीष्टको विषयमा तिमीहरू के ठान्छौ? ऊ कसको पुत्र हो?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र।” उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए दाऊदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भनी कसरी पुकार्न सक्छन्? उनी भन्छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैतालामुनि राख्दिनँ’।” यदि दाऊदले उसलाई प्रभु भन्दछन् भने, ऊ कसरी तिनको पुत्र हुन्छ र?” अनि कसैले पनि जवाफमा एक वचन बोल्न सकेन। त्यस दिनदेखि कसैलाई उहाँसँग प्रश्न सोध्ने आँट भएन।
मत्ती 22 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 22:34-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू