पछिबाट तिनीहरूले सपनामा ‘हेरोदकहाँ फर्केर नजानू’ भन्ने परमेश्वरको आज्ञा पाए र तिनीहरू अर्कै बाटो भएर आफ्नो देश फर्के। ती ज्योतिषीहरू गइसकेपछि योसेफले सपनामा प्रभु परमेश्वरका स्वर्गदूतलाई देखे र स्वर्गदूतले उनलाई भने, “तुरुन्तै आमा-छोरालाई लिएर मिश्रदेशतिर गइहाल। अनि मैले फर्केर आउनू नभनुञ्जेल तिमीहरू त्यहीँ नै बस्नू किनभने हेरोदले बालकलाई मार्ने विचार गरिरहेको छ।” यस्तो सपना देखेपछि योसेफ आमा-छोरालाई लिएर राती नै मिश्रदेशतिर लागे। अनि हेरोद नमरुञ्जेल तिनीहरू त्यहीँ नै बसे। यसरी परमप्रभुले अगमवक्तालाई भन्न लाउनुभएको यो कुरा पूरा हुन आएको हो– “मैले मिश्रदेशबाट आफ्नो छोरालाई बोलाएँ।” ज्योतिषीहरूले आफूलाई छकाएछन् भन्ने कुरा थाहा पाएर हेरोद राजा रिसले चुर भए। उनले यसो गर्न लगाए। तारा उदाएको समय ज्योतिषीहरूबाट थाहा पाएअनुसार उनले बेथलेहेम र त्यस वरपरका गाउँहरूमा भएका दुई वर्षसम्मका सबै बालकहरूलाई मार्न लगाए। त्यति बेला यर्मिया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो– “रामामा खैलाबैला सुनिंदै छ, रुवाबासी र बिलौना। राहेल आफ्ना बालकहरूका निम्ति रोइरहेकी छिन्। तिनलाई कसैले पनि शान्त गराउन सकेनन् किनभने सबै बालक मरेका छन्।” हेरोद मरेपछि परमप्रभुका स्वर्गदूतले मिश्रदेशमा योसेफलाई सपनामा देखा परेर भने, “उठ, अब आमा-छोरालाई लिएर इस्राएलमा फर्क किनभने बालकलाई मार्न खोज्ने मानिस मरिसक्यो।” त्यसपछि योसेफ आमा-छोरालाई लिएर इस्राएल देशमा फर्के। तर हेरोदको छोरा अर्खिलाउस यहूदियाका राजा भएका छन् भन्ने सुनेर योसेफलाई त्यहाँ जान डर लाग्यो। अनि फेरि परमेश्वरबाट सपनामा चेतावनी पाएर उनीहरू गालील गए र त्यहीँ नासरत भन्ने सहरमा गएर बसे। यसरी नै अगमवक्ताले “उहाँलाई नासरी भनिनेछ,” भनेको कुरा पूरा भयो।
मत्ती 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 2:12-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू