YouVersion लोगो
खोज आइकन

मत्ती 18:1-9

मत्ती 18:1-9 सरल नेपाली

त्‍यति बेला चेलाहरू आएर येशूलाई सोधे, “परमेश्‍वरको राज्‍यमा सबभन्दा ठूलो को हुन्‍छ?” तब येशूले एउटा बालकलाई डाकेर तिनीहरूको बीचमा उभ्‍याउनुभयो र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, आफ्‍नो मनलाई परिवर्तन गरेर यस्‍तो बालकजस्‍तो भएनौ भने तिमीहरू कसै गरेर पनि परमेश्‍वरको राज्‍यमा पस्‍न पाउनेछैनौ। यही बालकजस्‍तो नम्र हुने मानिस नै परमेश्‍वरको राज्‍यमा सबभन्दा ठूलो हुन्‍छ अनि मेरो नाउँमा यस्‍तै बालकलाई स्‍वागत गर्नेले मलाई नै स्‍वागत गर्छ। “यदि कसैले ममाथि विश्‍वास गर्ने यस्‍ता सानाहरूको विश्‍वासलाई बिगार्छ भने त्‍यसलाई त बरु घिच्रोमा जाँतो झुण्‍ड्याएर गहिरो समुद्रमा डुबाइदिनु नै बेस हुनेछ। धिक्‍कार यस संसारलाई! किनभने यस संसारमा त मानिसहरूलाई पापमा फसाउने कुराहरू छन्। यस्‍ता कुराहरू आइपर्दछन् नै, तर धिक्‍कार, त्‍यस मानिसलाई जसले अरूलाई पापमा फसाउँदछ! “यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पापमा पार्छ भने त्‍यसलाई काटेर मिल्‍काइदेओ। दुवै हात-खुट्टा लिएर कहिल्‍यै ननिभ्‍ने आगोमा पर्नुभन्दा त बरु डुँडे र खोरण्‍डो भएर अजम्‍मरी जीवन पाउनु नै बेस हो। अनि त्‍यसै गरी तिम्रा आँखाले तिमीलाई पापमा पार्छ भने त्‍यसलाई पनि झिकेर मिल्‍काइदेओ। दुईटा आँखा लिएर नरकको आगोमा पर्नुभन्दा त बरु कानो भएर अजम्‍मरी जीवन पाउनु नै बेस हो।

मत्ती 18 पढ्नुहोस्