YouVersion लोगो
खोज आइकन

मत्ती 18:1-9

मत्ती 18:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यही समय चेलाहरू येशूकहाँ आएर सोधे, “स्‍वर्गको राज्‍यमा सबैभन्‍दा महान्‌ को हो?” उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्‍याउनुभयो, र भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्‍ता भएनौ भने कहिल्‍यै स्‍वर्गको राज्‍यमा पस्‍नेछैनौ। जसले यो सानो बालकजस्‍तै आफूलाई नम्र तुल्‍याउँछ, त्‍यही स्‍वर्गको राज्‍यमा सबैभन्‍दा महान्‌ हुनेछ। जसले मेरो नाउँमा एउटा यस्‍तो बालकलाई ग्रहण गर्छ, त्‍यसले मलाई ग्रहण गर्छ। “तर जसले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्‍ये एक जनालाई पाप गर्न लाउँछ, बरु त्‍यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर त्‍यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्‍छ। “पाप गर्न लाउने परीक्षाहरूका निम्‍ति यस संसारलाई धिक्‍कार! पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्‍कार, त्‍यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ! तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई काटी मिल्‍काइदेऊ। दुवै हात वा दुवै खुट्टासाथ अनन्‍त आगोमा फालिनुभन्‍दा त बरु लुलो वा लङ्गडो भएर जीवनभित्र पस्‍नु तिम्रो निम्‍ति असल हुन्‍छ। तिम्रो आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई निकालेर फालिदेऊ। दुवै आँखासाथ नरकको आगोमा फालिनुभन्‍दा त बरु कानो भएर जीवनभित्र पस्‍नु तिम्रो निम्‍ति असल हुन्‍छ।

शेयर गर्नुहोस्
मत्ती 18 पढ्नुहोस्

मत्ती 18:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस समयमा चेलाहरूले येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुन्छ?” उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो, र भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ। यसकारण जसले आफैँलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ; अनि जसले यसरी एउटा बालकलाई मेरो नाममा ग्रहण गर्दछ, उसले मलाई नै ग्रहण गर्दछ। “यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने त्यसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रको गहिराइमा डुबाइएको भए असल हुनेथियो। पाप गर्न लगाउने कुराहरूको लागि यस संसारलाई धिक्‍कार! किनभने यस्ता कुराहरू अवश्य आउँछन्; तर धिक्‍कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्! तिमीहरूका हात वा खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुई हात अथवा दुई खुट्टा लिएर अनन्तको आगोमा फालिनुभन्दा त अपाङ्ग वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ। अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।

शेयर गर्नुहोस्
मत्ती 18 पढ्नुहोस्

मत्ती 18:1-9 पवित्र बाइबल (NERV)

त्यसैबेला चेलाहरू येशूकहाँ आए र सोधे, “स्वर्गको राज्यमा सबभन्दा महान को होलान्?” येशूले एकजना सानो बालकलाई आफूकहाँ बोलाउनुभयो। अनि चेलाहरूको अघि त्यो बालकलाई उभ्याउनु भयो। अनि भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएनौ भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौ। जसले आफूलाई यो सानो बालक झैं आफूलाई नम्र बनाउन सक्छ स्वर्गको राज्यमा उही महान हुन्छ। “यदि कुनै मानिसले मेरो नाममा यो बालकलाई ग्रहण गर्छ भने, उसले मलाई ग्रहण गरेको हुनेछ। “यदि एउटा सानो बालकले ममाथि विश्वास राख्छ भने, अनि कसैले त्यो बालकलाई पापमा पार्छ भने त्यस मानिसको लागी अति नराम्रो हुनेछ। त्यसको निम्ति त घाँटीमा एउटा ठूलो जाँतो झुण्ड्याएर स्वयंलाई अगाध समुद्रमा डुबाइदिनु असल हुनेछ। जुन कारणले मानिसहरूलाई पाप गराउँछ यस संसारमा म ती मानिसहरूको निम्ति दु:ख मान्छु। यस्तो घट्ना हुनैपर्छ। तर यस्तो गर्ने मानिसहरूलाई कहिल्यै राम्रो हुनेछैन। “यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्नलाउँछ भने त्यसलाई काटेर फालिदेऊ। दुइहात वा खुट्टा सहित निरन्तर नरकको आगोमा जल्नुभन्दा त बरू शरीरको एउटा अङ्ग गुमाएर सधैँ भरि बाँच्नु असल हो। यदि तिम्रा आँखाले तिमीलाई पापगर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुइवटा आँखा भएर सधैँ भरिलाई नरकको अग्निमा पस्नु भन्दात एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुनेछ।

शेयर गर्नुहोस्
मत्ती 18 पढ्नुहोस्

मत्ती 18:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यति बेला चेलाहरू आएर येशूलाई सोधे, “परमेश्‍वरको राज्‍यमा सबभन्दा ठूलो को हुन्‍छ?” तब येशूले एउटा बालकलाई डाकेर तिनीहरूको बीचमा उभ्‍याउनुभयो र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, आफ्‍नो मनलाई परिवर्तन गरेर यस्‍तो बालकजस्‍तो भएनौ भने तिमीहरू कसै गरेर पनि परमेश्‍वरको राज्‍यमा पस्‍न पाउनेछैनौ। यही बालकजस्‍तो नम्र हुने मानिस नै परमेश्‍वरको राज्‍यमा सबभन्दा ठूलो हुन्‍छ अनि मेरो नाउँमा यस्‍तै बालकलाई स्‍वागत गर्नेले मलाई नै स्‍वागत गर्छ। “यदि कसैले ममाथि विश्‍वास गर्ने यस्‍ता सानाहरूको विश्‍वासलाई बिगार्छ भने त्‍यसलाई त बरु घिच्रोमा जाँतो झुण्‍ड्याएर गहिरो समुद्रमा डुबाइदिनु नै बेस हुनेछ। धिक्‍कार यस संसारलाई! किनभने यस संसारमा त मानिसहरूलाई पापमा फसाउने कुराहरू छन्। यस्‍ता कुराहरू आइपर्दछन् नै, तर धिक्‍कार, त्‍यस मानिसलाई जसले अरूलाई पापमा फसाउँदछ! “यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पापमा पार्छ भने त्‍यसलाई काटेर मिल्‍काइदेओ। दुवै हात-खुट्टा लिएर कहिल्‍यै ननिभ्‍ने आगोमा पर्नुभन्दा त बरु डुँडे र खोरण्‍डो भएर अजम्‍मरी जीवन पाउनु नै बेस हो। अनि त्‍यसै गरी तिम्रा आँखाले तिमीलाई पापमा पार्छ भने त्‍यसलाई पनि झिकेर मिल्‍काइदेओ। दुईटा आँखा लिएर नरकको आगोमा पर्नुभन्दा त बरु कानो भएर अजम्‍मरी जीवन पाउनु नै बेस हो।

शेयर गर्नुहोस्
मत्ती 18 पढ्नुहोस्