YouVersion लोगो
खोज आइकन

मत्ती 18:1-9

मत्ती 18:1-9 NNRV

त्‍यही समय चेलाहरू येशूकहाँ आएर सोधे, “स्‍वर्गको राज्‍यमा सबैभन्‍दा महान्‌ को हो?” उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्‍याउनुभयो, र भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्‍ता भएनौ भने कहिल्‍यै स्‍वर्गको राज्‍यमा पस्‍नेछैनौ। जसले यो सानो बालकजस्‍तै आफूलाई नम्र तुल्‍याउँछ, त्‍यही स्‍वर्गको राज्‍यमा सबैभन्‍दा महान्‌ हुनेछ। जसले मेरो नाउँमा एउटा यस्‍तो बालकलाई ग्रहण गर्छ, त्‍यसले मलाई ग्रहण गर्छ। “तर जसले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्‍ये एक जनालाई पाप गर्न लाउँछ, बरु त्‍यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर त्‍यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्‍छ। “पाप गर्न लाउने परीक्षाहरूका निम्‍ति यस संसारलाई धिक्‍कार! पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्‍कार, त्‍यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ! तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई काटी मिल्‍काइदेऊ। दुवै हात वा दुवै खुट्टासाथ अनन्‍त आगोमा फालिनुभन्‍दा त बरु लुलो वा लङ्गडो भएर जीवनभित्र पस्‍नु तिम्रो निम्‍ति असल हुन्‍छ। तिम्रो आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई निकालेर फालिदेऊ। दुवै आँखासाथ नरकको आगोमा फालिनुभन्‍दा त बरु कानो भएर जीवनभित्र पस्‍नु तिम्रो निम्‍ति असल हुन्‍छ।