YouVersion लोगो
खोज आइकन

मत्ती 14:25-31

मत्ती 14:25-31 सरल नेपाली

बिहानै झिसमिसे उज्‍यालोमा येशू पानीमाथि हिँडेर चेलाहरूकहाँ आउनुभयो। उहाँलाई पानीमाथि हिँडेर आइरहनुभएको देखेर तिनीहरू “ओहो!” भनेर डरले चिच्‍च्‍याउन थाले। अनि तुरुन्‍तै येशूले भन्‍नुभयो, “नडराओ, मै हुँ, साहस गर।” यो सुनेर पत्रुसले भने, “प्रभु, तपाईं नै हुनुहुन्‍छ भने मलाई पनि पानीमाथि हिँडेर तपाईंकहाँ आउने आज्ञा दिनुहोस्।” येशूले भन्‍नुभयो, “आऊ न त!” पत्रुस नाउबाट उत्रेर पानीमाथि हिँड्दै येशूकहाँ जान लागे। तर ठूलो बतास चलेको देखेर उनी डराए। त्‍यत्तिकैमा उनी डुब्‍न लागे र आत्तिएर “बचाउनुहोस् प्रभु!” भन्‍दै कराए। येशूले उनलाई झट्टै समातेर भन्‍नुभयो “खै तिम्रो विश्‍वास, तिमीले किन शङ्का गरेको?”

मत्ती 14 पढ्नुहोस्