YouVersion लोगो
खोज आइकन

मत्ती 14:25-31

मत्ती 14:25-31 NNRV

बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्‌दै तिनीहरूकहाँ आउनुभयो। जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखे, तब डराएर तिनीहरूले भने, “यो त भूत हो!” र तिनीहरू डरले चिच्‍च्‍याए। तर येशूले झट्टै तिनीहरूलाई यसो भन्‍नुभयो, “साहस गर, म नै हुँ, नडराओ।” पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं नै हुनुहुन्‍छ भने, मलाई तपाईंकहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्‌।” उहाँले भन्‍नुभयो, “आऊ।” पत्रुस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिँड्‌न लागे। तर बतास जोड़ले चलेको देखेर तिनी डराए, र जब डुब्‍नै लागे तब तिनले चिच्‍च्‍याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस्‌।” तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्‍नुभयो, र तिनलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी, किन शङ्का गर्‍यौ?”