YouVersion लोगो
खोज आइकन

मत्ती 13:36-49

मत्ती 13:36-49 सरल नेपाली

त्‍यसपछि येशू मानिसहरूलाई छोडेर भित्र पस्‍नुभयो अनि चेलाहरूले आएर उहाँलाई भने, “हामीलाई सामाको दृष्‍टान्‍तको अर्थ बुझाइदिनुहोस्।” येशूले भन्‍नुभयो, “राम्रो बिउ छर्ने मानिसचाहिँ मानव पुत्र हो। बारीचाहिँ यो संसार हो अनि राम्रा बिउहरू परमेश्‍वरका राज्‍यका सन्‍तान हुन् र सामाचाहिँ दुष्‍टका सन्‍तान हुन्। सामाको बिउ छर्ने शत्रुचाहिँ शैतान हो अनि बाली थन्‍क्‍याउने बेला भनेको चाहिँ यस संसारको आखिरी दिन हो र बाली काट्‍ने र थन्‍क्‍याउने खेतालाचाहिँ स्‍वर्गदूतहरू हुन्। सामा आगोमा डढाउन बटुलिएजस्‍तै यस संसारको आखिरी दिनमा पनि त्‍यसै गरिनेछ। त्‍यस दिन मानव पुत्रले आफ्‍ना स्‍वर्गदूतहरूलाई पठाउनेछन् र तिनीहरूले उनको राज्‍यभरिका पाप गर्ने र पाप गर्न लगाउनेहरू सबैलाई बटुलेर आगोको भट्टीमा हालिदिनेछन्। त्‍यहाँ तिनीहरूले दाह्रा किट्दै रुवाबासी गर्नेछन्। परमेश्‍वरका सामुन्‍ने धर्मी ठहरिनेहरूचाहिँ आफ्‍ना पिता परमेश्‍वरको राज्‍यमा सूर्यजस्‍तै चम्‍केर बस्‍नेछन्। जसको कान छ, त्‍यसले सुनोस्! “परमेश्‍वरको राज्‍यचाहिँ जमिनमा गाडेको बहुमूल्‍य धनजस्‍तै हुन्‍छ। कुनै मानिसले यसलाई पाउँछ र फेरि छोपेर राख्‍छ अनि ऊ खुसी हुँदै गएर आफ्‍ना भएभरको सम्‍पत्ति बेची त्‍यो बारी किनिछोड्छ। “फेरि परमेश्‍वरको राज्‍य राम्रो खालको मोती खोज्‍दै हिँड्‍ने एउटा व्‍यापारीजस्‍तै हो। धेरैभन्दा धेरै मोल पर्ने मोती भेट्टाउँदा उसले आफ्‍नो भएभरको जेथा बेचेर त्‍यो मोती किनिछोड्छ! “फेरि पनि परमेश्‍वरको राज्‍य त तालमा हानेको जालजस्‍तै हुन्‍छ। यसमा सबै किसिमका माछाहरू पर्दछन्। माछाले भरिएपछि जलाहारीहरूले त्‍यसलाई किनारमा ल्‍याउँछन् र माछाहरू छुट्ट्याउँछन्। राम्रा-राम्रा माछाचाहिँ तिनीहरूले आफ्‍ना टोकरीमा राख्‍छन् र काम नलाग्‍ने माछाहरूचाहिँ फ्‍याँकिदिन्‍छन्। यस संसारको आखिरी दिनमा पनि त्‍यस्‍तै नै हुनेछ। स्‍वर्गदूतहरू आएर परमेश्‍वरको अघि धर्मी ठहरिएका मानिसहरूबाट दुष्‍टहरूलाई छुट्ट्याएर

मत्ती 13 पढ्नुहोस्