YouVersion लोगो
खोज आइकन

मत्ती 13:36-49

मत्ती 13:36-49 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि येशू मानिसहरूलाई छोडेर भित्र पस्‍नुभयो अनि चेलाहरूले आएर उहाँलाई भने, “हामीलाई सामाको दृष्‍टान्‍तको अर्थ बुझाइदिनुहोस्।” येशूले भन्‍नुभयो, “राम्रो बिउ छर्ने मानिसचाहिँ मानव पुत्र हो। बारीचाहिँ यो संसार हो अनि राम्रा बिउहरू परमेश्‍वरका राज्‍यका सन्‍तान हुन् र सामाचाहिँ दुष्‍टका सन्‍तान हुन्। सामाको बिउ छर्ने शत्रुचाहिँ शैतान हो अनि बाली थन्‍क्‍याउने बेला भनेको चाहिँ यस संसारको आखिरी दिन हो र बाली काट्‍ने र थन्‍क्‍याउने खेतालाचाहिँ स्‍वर्गदूतहरू हुन्। सामा आगोमा डढाउन बटुलिएजस्‍तै यस संसारको आखिरी दिनमा पनि त्‍यसै गरिनेछ। त्‍यस दिन मानव पुत्रले आफ्‍ना स्‍वर्गदूतहरूलाई पठाउनेछन् र तिनीहरूले उनको राज्‍यभरिका पाप गर्ने र पाप गर्न लगाउनेहरू सबैलाई बटुलेर आगोको भट्टीमा हालिदिनेछन्। त्‍यहाँ तिनीहरूले दाह्रा किट्दै रुवाबासी गर्नेछन्। परमेश्‍वरका सामुन्‍ने धर्मी ठहरिनेहरूचाहिँ आफ्‍ना पिता परमेश्‍वरको राज्‍यमा सूर्यजस्‍तै चम्‍केर बस्‍नेछन्। जसको कान छ, त्‍यसले सुनोस्! “परमेश्‍वरको राज्‍यचाहिँ जमिनमा गाडेको बहुमूल्‍य धनजस्‍तै हुन्‍छ। कुनै मानिसले यसलाई पाउँछ र फेरि छोपेर राख्‍छ अनि ऊ खुसी हुँदै गएर आफ्‍ना भएभरको सम्‍पत्ति बेची त्‍यो बारी किनिछोड्छ। “फेरि परमेश्‍वरको राज्‍य राम्रो खालको मोती खोज्‍दै हिँड्‍ने एउटा व्‍यापारीजस्‍तै हो। धेरैभन्दा धेरै मोल पर्ने मोती भेट्टाउँदा उसले आफ्‍नो भएभरको जेथा बेचेर त्‍यो मोती किनिछोड्छ! “फेरि पनि परमेश्‍वरको राज्‍य त तालमा हानेको जालजस्‍तै हुन्‍छ। यसमा सबै किसिमका माछाहरू पर्दछन्। माछाले भरिएपछि जलाहारीहरूले त्‍यसलाई किनारमा ल्‍याउँछन् र माछाहरू छुट्ट्याउँछन्। राम्रा-राम्रा माछाचाहिँ तिनीहरूले आफ्‍ना टोकरीमा राख्‍छन् र काम नलाग्‍ने माछाहरूचाहिँ फ्‍याँकिदिन्‍छन्। यस संसारको आखिरी दिनमा पनि त्‍यस्‍तै नै हुनेछ। स्‍वर्गदूतहरू आएर परमेश्‍वरको अघि धर्मी ठहरिएका मानिसहरूबाट दुष्‍टहरूलाई छुट्ट्याएर

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्

मत्ती 13:36-49 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब उहाँ भीड़लाई छोड़ेर घरमा जानुभयो, र उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “खेतको सामाबारे दृष्‍टान्‍तको अर्थ हामीलाई बताइदिनुहोस्‌।” उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “असल बीउ छर्नेचाहिँ मानिसको पुत्र हो। खेत संसार हो। असल बीउचाहिँ राज्‍यको सन्‍तान हो, र सामा दुष्‍टको सन्‍तान हो। सामा रोप्‍ने शत्रुचाहिँ दियाबलस हो। फसलको समयचाहिँ युगको अन्‍त्‍य हो। खेतालाहरू स्‍वर्गदूतहरू हुन्‌। “जसरी सामा उखेलेर आगोमा भस्‍म गरिन्‍छ, युगको अन्‍त्‍यमा पनि त्‍यस्‍तै हुनेछ। मानिसको पुत्रले आफ्‍ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्‍येक थोक र दुष्‍ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्‍यबाट बटुल्‍नेछन्, र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌। तब धर्मी जनहरू आफ्‍ना पिताको राज्‍यमा सूर्यजस्‍ता चम्‍किला हुनेछन्‌। जसको कान छ, त्‍यसले सुनोस्‌। “स्‍वर्गको राज्‍य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्‍तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्‍दछ, र आनन्‍दित भएर ऊ जान्‍छ र आफूसित भएका सबै बेच्‍छ, र त्‍यो खेत किन्‍छ। “फेरि स्‍वर्गको राज्‍य असल मोतीहरू खोज्‍ने एउटा व्‍यापारीजस्‍तो हो। त्‍यसले एउटा बहुमूल्‍य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्‍यो मोती किन्‍यो। “स्‍वर्गको राज्‍य समुद्रमा हानेको एउटा जालजस्‍तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्‌। अनि जाल भरिएपछि मानिसहरूले त्‍यसलाई किनारमा तानी निकाले, र बसेर असल जतिलाई भाँड़ाहरूमा जम्‍मा गरे, र खराब जतिलाई बाहिर फाले। युगको अन्‍त्‍यमा यस्‍तै हुनेछ, स्‍वर्गदूतहरूले आएर दुष्‍टहरूलाई धर्मीहरूका बीचबाट छुट्ट्याउनेछन्

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्

मत्ती 13:36-49 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “हामीलाई खेतबारीमा भएको सामाको दृष्‍टान्तको अर्थ बुझाइदिनुहोस्।” उहाँले जवाफ दिनुभयो, “जसले असल बिउ छर्‍यो, त्योचाहिँ मानिसको पुत्र हो। खेतबारी संसार हो, र असल बिउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्‍टका सन्तान हुन्; अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो; अनि खेतालाहरू स्वर्गदूतहरू हुन्। “सामा उखेलिएर आगोमा हालिएझैँ यस युगको अन्त्य पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ; अनि तिनीहरूले पाप गर्न लगाउने र दुष्‍ट काम गर्ने सबैलाई राज्यबाट बटुल्नेछन्। अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। तब धर्मी मानिसहरू भने आफ्नो पिताको राज्यमा सूर्यझैँ चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्। “स्वर्गको राज्य खेतमा लुकाइराखिएको गाडधनजस्तो हो। जब एक जना मानिसले त्यसलाई भेट्टायो, र फेरि लुकायो, र ऊ आनन्दसाथ गयो, अनि आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो। “फेरि स्वर्गको राज्य असल मोतीहरूको खोजी गर्ने एक जना व्यापारीजस्तो हो, जसले एउटा बहुमूल्य मोती भेट्टायो, र त्यो गइहाल्यो; अनि आफूसित भएका सबै थोक बेचेर त्यो मोती किन्यो। “फेरि, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे। जब जाल भरियो, तब मछुवाहरूले त्यसलाई तानेर किनारमा ल्याए। त्यसपछि तिनीहरू बसेर असल माछाहरूलाई टोकरीमा बटुले, तर खराबजतिलाई बाहिर फ्याँकिदिए। युगको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आएर दुष्‍टहरूलाई धर्मीहरूबाट अलग गर्नेछन्

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्

मत्ती 13:36-49 पवित्र बाइबल (NERV)

त्यसपछि सबै मानिसहरूलाई त्यहीं छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, “कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।” येशूले जवाफ दिनुभयो, “खेतमा असल बीऊ छर्ने मानिस मानिसको पुत्र हो। संसार नै खेत हो। असल बीऊहरू राज्यमा परमेश्वरकै मानिसहरू हुन्। सामा दुष्टका सन्तानहरू हुन्। नराम्रो बीऊहरू छर्ने शत्रुका चाहिं शैतान हो। फसलकाटने समय चाहिँ संसारको अन्त्य हो। अनि फसल काट्नेहरू परमेश्वरका दूतहरू हुन्। “सामाहरू बटुले पछि ती अगोमा जलाइनेछन्, संसारको अन्त्यमा पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्। स्वर्गदूतहरूले तिनीहरूलाई ज्वलन्त भट्टीमा फालिदिने छन्। त्यहाँ मानिसहरू रूवाबासी गर्दै दाँतकिट्दै रहनेछन्। तब धर्मीहरू घाम जस्तै चम्कने छन्। तिनीहरू आफ्ना पिताको राज्यमा हुनेछन्। हे मानिसहरू जसले सुन्न सक्छौ, मेरो कुरा सुन। “स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसंग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो। “फेरि, स्वर्गको राज्य एक व्यापरी जस्तै हो, जसले असल मोतीहरू खोज्छ। एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो। “स्वर्गको राज्य समुद्रमा हानेको एउटा महा-जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे। त्यो जालभरि माछा थिए। तब जालहारीले त्यो जाललाई किनारमा ताने, भुईंमा बसेर तिनीहरूले राम्रो किसिमका माछाहरू छुट्याउन र आफ्नो टोकरीमा हाल्न थाले। अनि तिनीहरूले नराम्रा किसिमका माछाहरू फ्याँकिदिए। जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्।