YouVersion लोगो
खोज आइकन

लूका 22:7-19

लूका 22:7-19 सरल नेपाली

अखमिरी रोटी खाने निस्तार चाडको समयमा भेडाको पाठोलाई बलि चढाउने दिन आइपुग्‍यो। येशूले पत्रुस र यूहन्‍नालाई “गएर हाम्रो लागि निस्तार चाडको भोज ठीक गर,” भनी पठाउनुभयो। तिनीहरूले उहाँलाई सोधे, “हामी यो भोज कहाँ ठीक पारौं?” उहाँले भन्‍नुभयो, “हेर, तिमीहरू सहरमा पस्‍नेबित्तिकै गाग्रीमा पानी बोकेर एक जना मानिस गइरहेको भेट्‍नेछौ र उसकै पछि-पछि जाओ। जुन घरमा ऊ पस्‍छ, त्‍यही घरको मालिकलाई ‘म आफ्‍ना चेलाहरूसँग बसेर निस्तार चाडको भोज खाने कोठा कहाँ छ?’ भनेर गुरुले सोध्‍नुभएको छ, भनिदेओ। उनले तिमीहरूलाई माथिल्‍लो तलामा सजाएको फराकिलो कोठा देखाइदिनेछन्। त्‍यहीँ नै भोज ठीकठाक पार।” तिनीहरू गए अनि सबै कुरा येशूले भन्‍नुभएजस्‍तै पाए अनि तिनीहरूले निस्तार चाडको भोज त्‍यहीँ नै ठीकठाक पारे। खाने बेला भएपछि येशू आफ्‍ना बाह्र चेलाहरूसँग खान बस्‍नुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दु:ख भोग्‍नुभन्दा अघि मैले तिमीहरूसँग निस्तार चाडको यो भोज खाने ठूलो इच्‍छा गरेको थिएँ। अब म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यमा यस भोजको अर्थ पूरा नहुञ्‍जेल म फेरि यो भोज खानेछैनँ।” त्‍यसपछि येशूले कचौरा लिनुभयो र परमेश्‍वरलाई धन्‍यवाद चढाएर भन्‍नुभयो, “यो लेओ र तिमीहरू सबैले बाँडेर खाओ। म तिमीहरूलाई भन्‍छु, अबदेखि परमेश्‍वरको राज्‍य नआउञ्‍जेल म फेरि अङ्‌गुरको रस पिउनेछैनँ।” त्‍यसपछि येशूले रोटी लिनुभयो र परमेश्‍वरलाई धन्‍यवाद चढाएर टुक्र्याउनुभयो र चेलाहरूलाई दिँदै भन्‍नुभयो, “तिमीहरूलाई दिएको यो मेरो शरीर हो। अबदेखि मेरो सम्‍झनाको निम्‍ति यसरी नै खाने गर।”

लूका 22 पढ्नुहोस्