येशूका आमा-बुबा वर्षेनी मुक्ति-दिवस भनिने चाड मनाउन यरूशलेममा जाने गर्थे। येशू बाह्र वर्षको हुनुहुँदा उनीहरूले येशूलाई सँगै लिएर चाड मनाउन गए। चाड मानिसकेपछि उनीहरू घर फर्के। येशूचाहिँ यरूशलेममा नै बस्नुभयो। तर उहाँका आमा-बुबालाई यो कुरा थाहै भएन। येशू अरू साथीहरूसँगै हुनुहुन्छ भन्ने सम्झेर उनीहरू दिनभरि हिँडे। साँझ परेपछि साथी-सङ्गीको बीचमा उहाँलाई खोज्न लागे। छोरालाई कहीँ पनि नपाउँदा उनीहरू येशूलाई खोज्न यरूशलेमतिर फर्के। खोज्दाखोज्दै तीन दिन बितेपछि बल्ल उनीहरूले छोरालाई मन्दिरमा भेट्टाए। उहाँ धर्म-गुरुहरूसँग बसेर तिनीहरूको कुरा सुन्दै र प्रश्न गर्दै हुनुहुन्थ्यो। उहाँको ज्ञान-बुद्धि र उत्तर देखेर सबै छक्क परे। त्यसरी छोरालाई त्यहाँ देख्दा उहाँका आमा-बुबाले अचम्म पनि माने। मरियमले सोधिन्, “बाबु, तिमीले यो के गरेको? हेर, तिम्रा बुबा र म आत्तिएर तिमीलाई खोजिरहेका थियौं!” “तपाईंहरूले मलाई किन खोज्नुभएको? म आफ्ना पिताको घरमा रहनुपर्छ भन्ने कुरा के तपाईंहरूलाई थाहा थिएन?” येशूले जवाफ दिनुभयो। तर उहाँले भन्नुभएका कुरा मरियम र योसेफले बुझ्नै सकेनन्। त्यसपछि येशू आमा-बुबासँग नासरतमा फर्किनुभयो र उनीहरूको आज्ञा मानेर बस्नुभयो। उहाँकी आमा मरियमले चाहिँ यी सबै कुराहरू नबिर्सीकन मनैमा राखिन्। येशू भने परमेश्वर र मानिस दुवैको अनुग्रह पाएर शरीर र बुद्धिमा बढ्दै-बढ्दै जानुभयो।
लूका 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 2:41-52
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू