YouVersion लोगो
खोज आइकन

लूका 19:1-6

लूका 19:1-6 सरल नेपाली

येशू यरीहो सहर भएर जाँदै हुनुहुन्‍थ्‍यो। त्‍यस सहरमा जखायस नाउँ भएका धनी मानिस कर उठाउनेहरूका हाकिम थिए। उनले येशूलाई हेर्न खोज्‍दै थिए। तर उनी पुड्का थिए र मानिसहरूको घुइँचोले गर्दा उनले येशूलाई देख्‍न सकेनन्। त्‍यसकारण येशूलाई हेर्न उनी दगुर्दै अगाडि गएर एउटा जङ्गली नेभाराको रूखमा चढे। येशू त्‍यही बाटो भएर आउँदै हुनुहुन्‍थ्‍यो। त्‍यस ठाउँमा आइपुगेपछि येशूले मास्‍तिर हेरेर जखायसलाई भन्‍नुभयो, “ए जखायस, झट्टै तल ओर्लेर आऊ! आज म तिम्रो घरमा बास बस्‍नुपरेको छ।” जखायसले खुसी हुँदै तुरुन्‍तै ओर्लेर येशूको स्‍वागत गरे।

लूका 19 पढ्नुहोस्