येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदैहुनुहुन्थ्यो। त्यहाँ जखायस नाउँ भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि धनी थिए। येशू को हुनुहुँदोरहेछ भनेर तिनी हेर्न चाहन्थे, तर पुड़को भएका हुनाले भीड़ले गर्दा तिनले देख्न सकेनन्। तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्जीरको रूखमा चढ़े। किनकि येशू त्यही बाटो भएर जान लाग्नुभएको थियो। जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले मास्तिर हेरेर तिनलाई भन्नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।” तिनी झट्टै ओर्लेर आए। अनि खुसीसाथ उहाँको सत्कार गरे।
लूका 19 पढ्नुहोस्
सुन्नुहोस् लूका 19
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 19:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू