“तर तिम्रा सन्तानले आफ्ना पाप अनि मेरो विरोधमा विद्रोह गर्ने आफ्ना पुर्खाका पाप स्वीकार गर्नेछन्। ती पुर्खाहरूले नै मलाई तिनीहरूका विरुद्धमा खडा हुन लाएका थिए र बैरीका देशमा तिनीहरूलाई कैदी भइरहनलाई धपाउन लाएका थिए। अन्तमा जब तिम्रा वंशहरू नम्र बन्नेछन् र आफ्ना पाप र विद्रोहका दण्ड भोगिसकेका हुन्छन्, म याकूब, इसहाक र अब्राहामसित बाँधेको प्रतिज्ञा याद गर्नेछु र आफ्ना मानिसहरूलाई कनान देश दिने मेरो करार फेरि दिनेछु। तर पहिले देशबाट सबै मानिसहरू निकालिनुपर्छ र देशले पूर्ण विश्राम लिन सकोस् अनि मानिसहरूले मेरो नियम र आज्ञाहरू अस्वीकार गरेको पूरा सजाय भोगिसक्नुपर्छ। तर त्यसो भए पनि तिनीहरू बैरीकै देशमा बसेका बेलामा पनि म तिनीहरूलाई पूरै त्याग्नेछैनँ वा नाश पार्नेछैनँ किनभने त्यसो भयो भने तिनीहरूसित मैले बाँधेको कारार मेटिनेछ। म परमप्रभु तिनीहरूका परमेश्वर हुँ। मैले आफ्ना मानिसहरूलाई मिश्रबाट निकाली ल्याएँ र अरू जातिहरूलाई आफ्ना शक्ति देखाएँ। म परमप्रभु तिनीहरूका परमेश्वर रहूँ भनी मैले त्यसो गरें। त्यस बेला मैले तिनीहरूसित बाँधेको करार म फेरि नयाँ गरी तिनीहरूसित बाँध्नेछु।” यी सबै परमप्रभुले मोशालाई सीनै पर्वतमा इस्राएलीहरूको निम्ति दिनुभएको नियम र आज्ञाहरू हुन्।
लेवी 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 26:40-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू