“‘तर यदि तिनीहरूले आफ्नै र आफ्ना पिता-पुर्खाका पाप, र मेरो विरुद्धमा तिनीहरूले विश्वासघात गरेको अधर्म र मप्रति देखाएको शत्रुता स्वीकार गरे भने— जसले गर्दा म तिनीहरूको शत्रु भएँ, र मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूको देशमा पठाएँ— यदि आफ्ना दुष्ट हृदय नम्र तुल्याई आफ्ना पापका लागि सजाय भोगे भने, याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको साथै त्यो देशलाई पनि म सम्झनेछु। त्यो देश तिनीहरूले त्याग्नेछन्, र तिनीहरूविना उजाड़ रहँदा देशले आफ्ना शबाथहरू भोग गर्नेछ। अनि तिनीहरूले आफ्नो अधर्मको सजाय भोग्नेछन्, जुन सजाय मेरो विधान लत्त्याउँदा र मेरा विधिलाई तिरस्कार गर्दा मैले तिनीहरूलाई दिएको थिएँ। यी सब गरे तापनि जब तिनीहरू शत्रुको देशमा हुन्छन् तब म मेरो तिरस्कार र घृणामा तिनीहरूलाई सखापै त पार्नेछैनँ, र मेरो करार पनि तोड्नेछैनँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तर म तिनीहरूका खातिर तिनीहरूका पुर्खाहरूसँग गरेको करार सम्झनेछु। मैले तिनीहरूका परमेश्वर हुनलाई तिनीहरूका पुर्खाहरूलाई अन्यजातिहरूकै सामुन्ने मिश्रबाट निकालेर ल्याएको थिएँ। म परमप्रभु हुँ’।” सीनै पर्वतमा आफू र इस्राएलीहरूका बीचमा परमप्रभुले मोशाद्वारा ठहराउनुभएका विधिविधान र नियमहरू यी नै हुन्।
लेवीहरू 26 पढ्नुहोस्
सुन्नुहोस् लेवीहरू 26
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरू 26:40-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू