“तर यदि ती मानिसहरूले आफ्नो पाप, पिता-पुर्खाहरूले गरेको पाप, तिनीहरू मेरो विरोधमा रहेको सत्य र तिनीहरूले विश्वास घात गरेको अधर्म स्वीकार गरे, यदि तिनीहरूले म तिनीहरूको शत्रु भएको र शत्रुहरूको देशमा पठाएको सत्य स्वीकारे अनि तिनीहरू मेरो निम्ति विदेशीहरू झैं भए पनि यदि तिनीहरूको दुष्ट हृदयलाई नम्र पारी आफ्नो पापको दण्ड भोग्छन् भने, मैले याकूब, इसहाक र अब्राहामसँग गरेको करार र त्यस देशलाई पनि सम्झनेछु। “जमीन रित्तो रहनेछ र त्यसले विश्रामहरूको आनन्द लिनेछ। ती बाँकी बाँचेकाहरूले तिनीहरूले गरेको पापको दण्ड ग्रहण गर्नेछन्, तिनीहरूले मेरो विधिहरू घृणा गरेको र विधिहरू मान्नु अस्वीकार गरेको कारण नै तिनीहरूले सजाय भोगेको हो भनी बुझे भने, तिनीहरूले साँच्चै नै पाप गरेका हुन्। तर यदि मेरो सहायता खोजें म तिनीहरूलाई अस्वीकार गर्ने छैन। तिनीहरूलाई पुरै नष्ट पार्ने छैन, तिनीहरू शत्रुको देशमा बसेका भए पनि तिनीहरूले भनेको कुरा सुन्नेछु कारण म आफ्नो करार विर्सने छैन। किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिनीहरूको निम्ति म तिनीहरूका पिता-पुर्खाहरूसित गरेको करार सम्झनेछु। तिनीहरूका पिता-पुर्खाहरूलाई मैले मिश्रबाट बाहिर ल्याएँ र म तिनीहरूको परमेश्वर बनिएको सत्य अन्य जातीहरूलाई थाहा छ। म परमप्रभु हुँ।” परमप्रभुले इस्राएलका मानिसहरूलाई दिएको विधि-विधानहरू, नियमहरू र शिक्षाहरू यी नै हुन् र यी विधिहरू नै परमप्रभु अनि इस्राएलका मानिसहरूमाझ भएको करार हो। परमप्रभुले सीनै पर्वतमा यी विधिहरू मोशालाई भन्नुभयो अनि उनले तिनीहरू इस्राएलका मानिसहरूलाई दिए।
लेवीहरूको पुस्तक 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरूको पुस्तक 26:40-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू