YouVersion लोगो
खोज आइकन

विलाप 3:13-27

विलाप 3:13-27 सरल नेपाली

मेरो शरीरमा गहिरो गाड्‍ने गरी उहाँले काँड हान्‍नुभयो। दिनभरि मेरा मानिसहरूले मेरो हाँसो उडाउँछन्; म तिनीहरूका निम्‍ति ठट्टाको एउटा विषय भएको छु। उहाँले मलाई चिराइतो खुवाउनुभयो; पित्तले मेरो पेट भरिदिनुभयो। उहाँले मलाई धुलोमा कुल्‍चनुभयो; रोडा चपाउन लाएर मेरा दाँतहरू भाँचिदिनुभयो। स्‍वस्‍थ, शान्‍ति र सुख के कुरा हुन्, मैले भुलिसकेको छु। अब मेरो बाँच्‍ने दिन धेरै छैन, परमप्रभुबाट पाएको मेरो आशा हराइसक्‍यो। मेरो कष्‍टको चिन्‍ता, घररहितको चिन्‍ता तीतो विषझैँ भएको छ। ति कुरा म एकोहोरो सम्‍झिरहन्‍छु र आत्‍मामा हताश हुँदैजान्‍छु। जब म यो एउटा कुरा सम्‍झन्‍छु; यसैले मलाई आशा दिन्‍छ– परमप्रभुको अनन्‍त प्रेम र कृपा सदा रहिरहन्‍छ; प्रत्‍येक बिहानी ती ताजा रहन्‍छन्; तपाईंको विश्‍वस्‍तता महान् छ। परमप्रभु नै मेरो सर्वश्‍व हुनुहुन्‍छ, यसैकारण म उहाँमा आशा राख्‍दछु। परमप्रभुमाथि भरोसा गर्नेहरू सबैप्रति उहाँ भलो हुनुहुन्‍छ। धैर्यसाथ परमप्रभुको उद्धारको बाटो हेर्नु नै सर्वोत्तम कुरा हो। युवावस्‍थामा नै यस्‍तै धैर्य राख्‍न सिक्‍नु उत्तम कुरा हो।

विलाप 3 पढ्नुहोस्