सन्धि गरेको तीन दिनपछि ती मानिसहरू नजिकै बास गर्नेहरू हुन् भनी इस्राएलीहरूले थाहा पाए। यसकारण इस्राएलीहरू निस्के र तीन दिनपछि ती मानिसहरू बास गर्ने सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीममा आइपुगे। तर इस्राएलीहरूले तिनीहरूलाई मार्न सकेनन् किनभने तिनका अगुवाहरूले ती मानिसहरूसित परमप्रभु इस्राएलका परमेश्वरको नाममा पवित्र प्रतिज्ञा गरेका थिए। सबै मानिसहरूले अगुवाहरूसित यस कुराबारे गनगनाए; तर अगुवाहरूले यस्तो जवाफ दिए, “हामीले तिनीहरूसित परमप्रभु इस्राएलका परमेश्वरको नाममा पवित्र प्रतिज्ञा गरेका छौं। अब हामीले तिनीहरूको खति गर्न सक्दैनौं। हाम्रा प्रतिज्ञाले गर्दा हामीले तिनीहरूलाई बास गर्न दिनैपर्छ नत्र परमेश्वरले हामीलाई दण्ड दिनुहुनेछ। र तिनीहरू यहाँ बास गरून्; तर तिनीहरूले हाम्रा लागि दाउरा काट्नु र पानी बोक्नुपर्नेछ।” अगुवाहरूले यस्तो सुझाब दिए। यहोशूले गिबोनबासीहरूलाई आफ्नो अघि ल्याउन लाएर तिनीहरूलाई सोधे, “तिमीहरू यहाँ नजिकै बस्दा रहेछौ र पनि किन टाढाबाट आएका हौं भनी हामीलाई छल गर्यौ? तिमीहरूले त्यसो गरेका हुनाले परमेश्वरले तिमीहरूमाथि सराप दिनुभएको छ। तिम्रा मानिसहरू सधैँ कमारा-कमारी बनिरहनेछन् र मेरा परमेश्वरको पवित्रस्थानमा दाउरा काट्ने र पानी बोक्ने भइरहनेछन्।” तिनीहरूले जवाफ दिए, “हजुर, हामीले त्यसो गर्यौं किनभने हामीले थाहा पायौं कि तपाईंहरू अघि बढ्दैआउँदा यो सारा देश तपाईंहरूलाई यहाँ बास गर्ने मानिसहरूलाई नाश पार्न भनी तपाईंहरूका परमेश्वरले आफ्ना दास मोशालाई आज्ञा गर्नुभएको थियो। हामीलाई तपाईंहरूको डर भयो, आफ्ना प्राणको पनि डर भयो। यसकारण हामीले त्यसो गर्यौं। अब हामी तपाईंका हातमा छौं जे उचित ठान्नुहुन्छ, त्यही हामीसित गर्नुहोस्।” त्यसकारण यहोशूले यो काम गरे, उनले तिनीहरूका रक्षा गरे र इस्राएलका मानिसहरूबाट तिनीहरूलाई मर्न दिएनन्। तर त्योसँगै उनले तिनीहरूलाई कमारा-कमारी बनाए अनि परमप्रभुका वेदी र इस्राएलका मानिसहरूका निम्ति दाउरा काट्न र पानी बोक्न लाए। परमप्रभुले आफ्ना आराधना-स्थल भनी छान्नुभएको ठाउँमा आजसम्म तिनीहरूले ती काम गरिरहेका छन्।
यहोशू 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 9:16-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू