यहोशू 9:16-27
यहोशू 9:16-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सन्धि गरेको तीन दिनपछि ती मानिसहरू नजिकै बास गर्नेहरू हुन् भनी इस्राएलीहरूले थाहा पाए। यसकारण इस्राएलीहरू निस्के र तीन दिनपछि ती मानिसहरू बास गर्ने सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीममा आइपुगे। तर इस्राएलीहरूले तिनीहरूलाई मार्न सकेनन् किनभने तिनका अगुवाहरूले ती मानिसहरूसित परमप्रभु इस्राएलका परमेश्वरको नाममा पवित्र प्रतिज्ञा गरेका थिए। सबै मानिसहरूले अगुवाहरूसित यस कुराबारे गनगनाए; तर अगुवाहरूले यस्तो जवाफ दिए, “हामीले तिनीहरूसित परमप्रभु इस्राएलका परमेश्वरको नाममा पवित्र प्रतिज्ञा गरेका छौं। अब हामीले तिनीहरूको खति गर्न सक्दैनौं। हाम्रा प्रतिज्ञाले गर्दा हामीले तिनीहरूलाई बास गर्न दिनैपर्छ नत्र परमेश्वरले हामीलाई दण्ड दिनुहुनेछ। र तिनीहरू यहाँ बास गरून्; तर तिनीहरूले हाम्रा लागि दाउरा काट्नु र पानी बोक्नुपर्नेछ।” अगुवाहरूले यस्तो सुझाब दिए। यहोशूले गिबोनबासीहरूलाई आफ्नो अघि ल्याउन लाएर तिनीहरूलाई सोधे, “तिमीहरू यहाँ नजिकै बस्दा रहेछौ र पनि किन टाढाबाट आएका हौं भनी हामीलाई छल गर्यौ? तिमीहरूले त्यसो गरेका हुनाले परमेश्वरले तिमीहरूमाथि सराप दिनुभएको छ। तिम्रा मानिसहरू सधैँ कमारा-कमारी बनिरहनेछन् र मेरा परमेश्वरको पवित्रस्थानमा दाउरा काट्ने र पानी बोक्ने भइरहनेछन्।” तिनीहरूले जवाफ दिए, “हजुर, हामीले त्यसो गर्यौं किनभने हामीले थाहा पायौं कि तपाईंहरू अघि बढ्दैआउँदा यो सारा देश तपाईंहरूलाई यहाँ बास गर्ने मानिसहरूलाई नाश पार्न भनी तपाईंहरूका परमेश्वरले आफ्ना दास मोशालाई आज्ञा गर्नुभएको थियो। हामीलाई तपाईंहरूको डर भयो, आफ्ना प्राणको पनि डर भयो। यसकारण हामीले त्यसो गर्यौं। अब हामी तपाईंका हातमा छौं जे उचित ठान्नुहुन्छ, त्यही हामीसित गर्नुहोस्।” त्यसकारण यहोशूले यो काम गरे, उनले तिनीहरूका रक्षा गरे र इस्राएलका मानिसहरूबाट तिनीहरूलाई मर्न दिएनन्। तर त्योसँगै उनले तिनीहरूलाई कमारा-कमारी बनाए अनि परमप्रभुका वेदी र इस्राएलका मानिसहरूका निम्ति दाउरा काट्न र पानी बोक्न लाए। परमप्रभुले आफ्ना आराधना-स्थल भनी छान्नुभएको ठाउँमा आजसम्म तिनीहरूले ती काम गरिरहेका छन्।
यहोशू 9:16-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
गिबोनीहरूसँग सम्झौता गरेको तीन दिनपछि नै उनीहरू त आफ्नै छिमेकी रहेछन्, र आफ्ना बीचमै रहनेहरू रहेछन् भन्ने कुरा इस्राएलीहरूले सुने। यसकारण इस्राएलीहरू हिँड़ेर तेस्रो दिनमा उनीहरूका सहरहरूमा पुगे। उनीहरूका सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीम रहेछन्। इस्राएलीहरूले उनीहरूमाथि आक्रमण गरेनन्, किनकि समुदायका नायकहरूले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्वरको शपथ खाएका थिए। सारा समुदाय नायकहरूका विरुद्धमा गनगनाउन लागे। तर सबै नायकहरूले समुदायका मानिसहरूलाई भने, “हामीले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्वरको शपथ खाएका छौं। यसकारण अब हामीले उनीहरूलाई छुन सक्दैनौं। हामीले यसै गर्नुपर्छ: हामी उनीहरूलाई जीवितै रहन दिनेछौं, नत्रता हामीले खाएको शपथले गर्दा हामीमाथि क्रोध आउनेछ।” अनि ती नायकहरूले भने, “उनीहरूलाई जीवितै राख। तर उनीहरूलाई सबै समुदायको लागि दाउरे र पनेरे भएर जिउन देओ।” यसैले नायकहरूले उनीहरूलाई गरेको प्रतिज्ञाअनुसार सारा समुदायको निम्ति उनीहरू दाउरे र पनेरे भए। अनि यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “वास्तवमा तिमीहरू त हामीहरूमध्ये बस्नेहरू रहेछौ, तर ‘हामी धेरै टाढ़ा देशका हौं’, भनी हामीलाई किन छकायौ? यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्वरको घरमा सधैँ दाउरे र पनेरे भएर बस्नुपर्नेछ।” उनीहरूले यहोशूलाई भने, “परमप्रभु तपाईंका परमेश्वरले आफ्नो दास मोशालाई यो देश जम्मै तपाईंहरूलाई दिने र यस देशका सारा बासिन्दाहरूलाई नष्ट गर्ने आज्ञा दिनुभएको कुरा हामी तपाईंका दासहरूलाई प्रष्ट बताइएको थियो। यसकारण तपाईंसँग आफ्नो ज्यानको साह्रो डर लागेर हामीले यसो गरेका हौं। अब हेर्नुहोस्, हामी तपाईंको हातमा छौं। जसो उचित र भलो लाग्छ, हामीसित गर्नुहोस्।” यसरी यहोशूले इस्राएलीहरूबाट उनीहरूलाई बचाए र तिनीहरूले उनीहरूलाई मारेनन्। त्यस दिन यहोशूले उनीहरूलाई समुदायको निम्ति र परमप्रभुले छान्नुभएको ठाउँमा उहाँका वेदीको निम्ति दाउरे र पनेरे तुल्याए। उनीहरू आजको दिनसम्म त्यस्तै छन्।
यहोशू 9:16-27 पवित्र बाइबल (NERV)
तिमीहरूसित सम्झौता गरेको तीन दिन पछि इस्राएलीले थाहा पाए। कि ती मानिसहरू वास्तवमा तिनीहरूका नजिकै बस्नेहरू रहेछन्। यसकारण तेस्रो दिनमा इस्राएलीहरू तिनीहरूको शहरहरूमा गए। ती शहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत्यारैम थिए। तर इस्राएलका सेनाले ती शहरहरूको विरूद्ध युद्ध गर्ने प्रयत्न गरेनन् तिनीहरूले ती मानिसहरूसित शान्ति-सम्झौता गरेका थिए। तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको समक्ष ती मानिसहरूलाई शपथ दिएका थिए। सबै मानिसहरूले ती अगुवाहरू विरूद्ध विरोध जनाए जसले सम्झौता गरेका थिए। तर ती अगुवाहरूले उत्तर दिए, “हामीले हाम्रो शपथ दिएका छौं। हामीले परमप्रभु इस्राएलका परमेश्वरको सामुन्ने शपथ गरेका छौं। अब हामी तिनीहरू विरूद्ध लड्न सक्तैनौं। यो त्यही हो जो हामीले गर्नु पर्छ। हामीले तिनीहरूलाई बाँच्न दिनुपर्छ। हामीले तिनीहरूलाई चोट पुर्याउनु हुँदैन नत्र परमेश्वर हामीसित क्रोधित हुनुहुनेछ किनभने हामीले तिनीहरूलाई दिएको शपथ भङ्ग हुनेछ। यसर्थ तिनीहरूलाई जीवित रहन देऊ। तर तिनीहरू हाम्रा सेवक हुनेछन्। तिनीहरूले हाम्रो निम्ति दाउरा काट्नेछन् अनि हाम्रा सबै मानिसहरूका निम्ति पानी बोक्ने छन्।” यसर्थ ती अगुवाहरूले ती मानिसहरूसित गरेका प्रतिज्ञा भङ्ग गरेनन्। यहोशूले गिबोनी मानिसहरूलाई बोलाए। तिनले भने, “तिमीहरूले हामीसित किन झूटो बोल्यौ? तिमीहरूको देश हाम्रो छाउनीको छेउमा थियो। तर तिमीहरूले तिमीहरू टाढा देशका भनेर हामीलाई भन्यौ। अब तिमीहरूका मानिसहरूले अनेक कष्ट पाउने छन्। तिमीहरूका सबै मानिसहरू दास हुनेछन्-तिमीहरूले दाउरा काट्नु पर्नेछ अनि परमेश्वरको मन्दिरका निम्ति पानी बोक्नु पर्नेछ।” गिबोनी मानिसहरूले उत्तर दिए, “हामीले तपाईंसित झूटो कुरा गर्यौं किनभने हामीलाई तपाईंहरूले मार्नु हुनेछ भनी हामी भयभीत थियौं। हामीले यो सुन्यौं कि परमेश्वरले उहाँका दास मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिनु भनी आज्ञा दिनु भएको थियो। अनि परमेश्वरले तपाईंहरूलाई भन्नुभयो यो देशमा बस्ने सबै मानिसहरूलाई मारिदिनु। त्यसै कारणले हामीले तपाईंसित झूटो बोल्यौं। अब हामी तपाईंहरूका दासहरू हौं। तपाईं जे उचित ठान्नु हुन्छ तपाईंले गर्न सक्नु हुन्छ।” गिबोनका मानिसहरू यसरी दास भए। तर यहोशूले तिनीहरूलाई जीवित रहन दिए। यहोशूले इस्राएलका मानिसहरूलाई तिनीहरूलाई मार्न दिएनन्। यहोशूले गिबोनका मानिसहरूलाई इस्राएलका मानिसहरूका दास बन्न दिए। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति र परमप्रभुको बेदीका निम्ति दाउरा काट्थे अनि पानी ल्याउँथे-परमप्रभुले चुन्नु भएको जुन सुकै स्थानमा ती मानिसहरू आज सम्म पनि दास छन्।

यहोशू 9:16-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
गिबोनीहरूसँग शान्ति-सन्धि गरेको तीन दिनपछि इस्राएलीहरूले यो कुरा थाहा पाए, कि तिनीहरू त उनीहरूकै नजिकमा बस्ने छिमेकीहरू पो रहेछन्। यसकारण इस्राएलीहरू प्रस्थान गरे। अनि तेस्रो दिन तिनीहरूका सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीममा आइपुगे। तर इस्राएलीहरूले तिनीहरूमाथि आक्रमण गरेनन्; किनकि समुदायका अगुवाहरूले तिनीहरूसँग याहवेह इस्राएलका परमेश्वरको नाममा शपथ खाएका थिए। सारा समुदाय ती अगुवाहरूसँग गनगन गरे। तर सबै अगुवाहरूले जवाफ दिए, “हामीले तिनीहरूलाई याहवेह इस्राएलका परमेश्वरको नाममा शपथ खाएका छौँ। अब हामीले तिनीहरूलाई छुन सक्दैनौँ। हामी तिनीहरूसँग यसो गरौँ: हामीले तिनीहरूलाई जीवितै राखौँ, ताकि हामीले तिनीहरूसँग खाएको शपथ भङ्ग गरेको कारण हामीमाथि परमेश्वरको क्रोध नपरोस्।” तिनीहरूले अझ भने, “तिनीहरू जीवितै रहून्, तर तिनीहरू सारा समुदायका निम्ति दाउरा काट्नेहरू र पानी भर्नेहरू होऊन्।” यसरी ती अगुवाहरूले तिनीहरूसँग गरिएको प्रतिज्ञा कायम राखे। तब यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “तिमीहरूले हामीलाई ‘हामी तपाईंहरूभन्दा टाढा बस्छौँ,’ भनेर किन छल गर्यौ? वास्तवमा तिमीहरू त हाम्रै नजिक बसोबास गर्नेहरू रहेछौ। यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्वरका भवनको दाउरा काट्ने र पानी भर्ने कामबाट कहिल्यै मुक्त हुनेछैनौ।” तिनीहरूले यहोशूलाई भने, “याहवेह तपाईंका परमेश्वरले आफ्नो सेवक मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिन र यस देशका सारा बासिन्दाहरूलाई नष्ट गर्न आज्ञा दिनुभएको थियो। त्यसैले हामी आफ्नो ज्यानको निम्ति डरायौँ। यसकारण हामीले यसो गरेका हौँ। अब हामी तपाईंहरूको हातमा छौँ। तपाईंहरूलाई जस्तो उचित र ठिक लाग्छ, हामीसित त्यही गर्नुहोस्।” यसकारण यहोशूले इस्राएलीहरूबाट तिनीहरूलाई जोगाए; र तिनीहरूलाई मारेनन्। त्यस दिन यहोशूले गिबोनीहरूलाई सम्पूर्ण समुदायका निम्ति र याहवेहले चुन्नुहुने उहाँको वेदीका निम्ति दाउरा काट्ने र पानी भर्नेहरू बनाए। अनि आजको दिनसम्म पनि तिनीहरूले त्यही काम गर्छन्।