फेरि एकपल्ट परमप्रभु योनासँग बोल्नुभयो। उहाँले भन्नुभयो, “ठूलो सहर निनवेमा जा र मैले तँलाई दिएको सन्देश त्यहाँका मानिसहरूलाई सुना।” योनाले परमप्रभुको आज्ञापालन गरे र निनवेमा गए। निनवे सहर यति ठूलो थियो कि त्यसलाई हिँडेर वारपार गर्न तीन दिन लाग्थ्यो। योना सहरभित्र पसेर एक दिनको दूरी हिँडेपछि यसो भनी प्रचार गरे, “अबको चालीस दिनमा निनवे नाश पारिनेछ।” निनवेका मानिसहरूले परमेश्वरको वचनमा विश्वास गरे। यसकारण सबैले उपवास बस्नुपर्छ भनी तिनीहरूले पक्का गरे। साना-ठूला सबै मानिसहरूले भाङ्ग्रा लाएर आफूले पश्चात्ताप गरेको प्रकट गरे।
योना 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: योना 3:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू