YouVersion लोगो
खोज आइकन

योना 3:1-5

योना 3:1-5 पवित्र बाइबल (NERV)

त्यसपछि परमप्रभुले योनालाई फेरि भन्नुभयो, “तिमी निनवेको ठूलो शहरमा जाऊ अनि म जे कुरा तिमीलाई बताउँछु सो त्यहाँ प्रचार गर।” यसैले योना उठे अनि परमप्रभुको आज्ञा पालन गर्दै निनवेमा गए। निनवे साह्रै ठुलो शहर थियो, त्यो पार गर्न तिन दिन लाग्थ्यो। योना शहरको मध्य भागमा गए अनि मानिसहरूलाई प्रचारगर्न शुरु गरे। योनाले भने, “चालिस दिन पछि निनवे शहर नाश हुनेछ।” परमेश्वरबाट त्यस्तो संदेश आएपछि निनवेका मानिसहरूले परमेश्वरमाथि विश्वास गरे। अनि तिनीहरू उपवास बसे र तिनीहरूले गरेका पापहरूका निम्ति सोच्न थाले। मानिसहरूले दुःख व्यक्त गर्नका निम्ति बिशेष प्रकारको वस्त्रहरू धरण गरे। शहरको सबै साना-ठूलाहरूले यसै गर्न थाले।

शेयर गर्नुहोस्
योना 3 पढ्नुहोस्

योना 3:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

फेरि एकपल्‍ट परमप्रभु योनासँग बोल्‍नुभयो। उहाँले भन्‍नुभयो, “ठूलो सहर निनवेमा जा र मैले तँलाई दिएको सन्‍देश त्‍यहाँका मानिसहरूलाई सुना।” योनाले परमप्रभुको आज्ञापालन गरे र निनवेमा गए। निनवे सहर यति ठूलो थियो कि त्‍यसलाई हिँडेर वारपार गर्न तीन दिन लाग्‍थ्‍यो। योना सहरभित्र पसेर एक दिनको दूरी हिँडेपछि यसो भनी प्रचार गरे, “अबको चालीस दिनमा निनवे नाश पारिनेछ।” निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे। यसकारण सबैले उपवास बस्‍नुपर्छ भनी तिनीहरूले पक्‍का गरे। साना-ठूला सबै मानिसहरूले भाङ्‌ग्रा लाएर आफूले पश्‍चात्ताप गरेको प्रकट गरे।

शेयर गर्नुहोस्
योना 3 पढ्नुहोस्