तब परमप्रभुको वचन दोस्रो पल्ट योनाकहाँ आयो: “त्यस ठूलो सहर निनवेमा जा, र म जे समाचार तँलाई दिन्छु, सो त्यहाँ घोषणा गर्।” योनाले परमप्रभुको वचन पालन गरेर निनवेमा गए। अब निनवे एक अत्यन्तै प्रख्यात सहर थियो। त्यो हेर्नलाई तीन दिन लाग्दथ्यो। पहिलो दिन योना सहरभित्र पसे। तिनले यसो भनेर घोषणा गरे, “अबको चालीस दिनमा निनवे नष्ट हुनेछ” निनवेका मानिसहरूले परमेश्वरमा विश्वास गरे। तिनीहरूले उपवासको घोषणा गरे, र तिनीहरूका ठूला-साना सबैले भाङ्ग्रा लगाए।
योना 3 पढ्नुहोस्
सुन्नुहोस् योना 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: योना 3:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू