YouVersion लोगो
खोज आइकन

योना 1:7-10

योना 1:7-10 सरल नेपाली

नाविकहरूले आपसमा भने, “हामी चिट्ठा हाली हेरौं कि कसको दोषले गर्दा हामीमाथि यो आपद् आइपर्‍यो।” तिनीहरूले चिट्ठा हाले र योनाको नाममा चिट्ठा पर्‍यो। तिनीहरूले उनलाई भने, “लौ, अब हामीलाई भन कसको दोषले गर्दा यो आपद् आएको हो? तिमी के काम गर्छौ? कहाँबाट आयौ? तिमी कुन देशको मानिस हौ? तिमी कुन जातिका हौ?” योनाले जवाफ दिए, “म हिब्रू हुँ। जल र स्‍थल दुवै बनाउनुहुने स्‍वर्गका परमेश्‍वर परमप्रभुलाई म पुज्‍दछु।” योनाले आफू परमप्रभुदेखि भागेको कुरा तिनीहरूलाई बताए। नाविकहरू डराए र उनलाई भने, “तिमीले त डरलाग्‍दो काम पो गरेछौ।”

योना 1 पढ्नुहोस्