योना 1:7-10
योना 1:7-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब नावीकहरूले आपसमा भन्न लागे, “आओ, यस आपत्तिको जिम्मावार को रहेछ, सो जान्नलाई हामी चिट्ठा हालौं।” तिनीहरूले चिट्ठा हाले, र चिट्ठा योनाको नाउँमा पर्यो। तब तिनीहरूले तिनलाई सोधे, “हामीलाई भन, हामीमाथि यो आपत् ल्याउन को जिम्मेवार छ? तिम्रो काम के हो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? तिमी कुन जातिका हौ?” तिनले जवाफ दिएर भने, “म एक हिब्रू हुँ, अनि म स्वर्गका परमेश्वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।” यस कुराले तिनीहरू डराए र तिनलाई सोधे, “तिमीले के गरेका छौ?” (अघि नै यो कुरा बताएका हुनाले तिनी परमप्रभुको सामुन्नेबाट भागेका रहेछन् भन्ने तिनीहरूलाई थाहा थियो।)
योना 1:7-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब नाविकहरूले एक-अर्कालाई भने, “आउनुहोस्, हामी चिट्ठा हालौँ र यस विपत्तिको जिम्मेवार कोचाहिँ रहेछ भनेर पत्ता लगाऔँ।” तब तिनीहरूले चिट्ठा हाले, र त्यो चिट्ठा योनाको नाममा पर्यो। त्यसपछि तिनीहरूले तिनलाई सोधे, “हामीलाई भन, हामीमाथि आएका यी सबै विपत्तिको जिम्मेवार को हो? तिमी के काम गर्छौ? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? तिमी कुन जातिका हौ?” तिनले जवाफ दिए, “म एक हिब्रू हुँ, र याहवेह स्वर्गका परमेश्वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।” यस कुराले तिनीहरू धेरै भयभीत भए, र तिनीहरूले तिनलाई सोधे, “तिमीले किन यसो गर्यौ?” (तिनले अगि नै यो कुरा भनिसकेको हुनाले तिनी याहवेहदेखि भागिरहेका छन् भन्ने कुरा तिनीहरूले थाहा पाए।)
योना 1:7-10 पवित्र बाइबल (NERV)
अनि तिनीहरू आपस मा भन्नलागे, “कसको कारणले गर्दा यो आपद हामीमाथि आइपर्न लागेको होला त्यो चिठ्ठा हालेर हेरौं।” यसो भनेर तिनीहरूले चिठ्ठाहालेर हेरे, चिठ्ठा योनाको नाउँमा पर्यो। मानिसहरूले योनालाई भने, “तिम्रो कारणले गर्दा यस्तो ठुलो आपद् हामीमाथि आयो! यसकारण हामीले के गर्यौं? तिम्रो काम केहो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? अनि तिमी कुन जातिका हौ?” अनि योनाले मानिसहरूलाई भने, “म हिब्रू हुँ। स्वर्गका परमप्रभु परमेश्वरको आरधना गर्दछु। उहाँ परमेश्वर हुनुहुन्छ जसले समुद्र अनि पृथ्वी सृष्टि गर्नुभयो।” योनाले मानिसहरूसँग भने, मानिसहरूले यो कुरा थाहा पाए कि तिनी परमप्रभुबाट टाढा भाग्दैछन्। तब तिनीहरू अत्यन्तै डराए। अनि मानिसहरूले योनालाई सोधे, “तिमिले आफ्नो परमेश्वरको बिरुद्धमा किन नराम्रो काम गर्यौ?”
योना 1:7-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
नाविकहरूले आपसमा भने, “हामी चिट्ठा हाली हेरौं कि कसको दोषले गर्दा हामीमाथि यो आपद् आइपर्यो।” तिनीहरूले चिट्ठा हाले र योनाको नाममा चिट्ठा पर्यो। तिनीहरूले उनलाई भने, “लौ, अब हामीलाई भन कसको दोषले गर्दा यो आपद् आएको हो? तिमी के काम गर्छौ? कहाँबाट आयौ? तिमी कुन देशको मानिस हौ? तिमी कुन जातिका हौ?” योनाले जवाफ दिए, “म हिब्रू हुँ। जल र स्थल दुवै बनाउनुहुने स्वर्गका परमेश्वर परमप्रभुलाई म पुज्दछु।” योनाले आफू परमप्रभुदेखि भागेको कुरा तिनीहरूलाई बताए। नाविकहरू डराए र उनलाई भने, “तिमीले त डरलाग्दो काम पो गरेछौ।”