YouVersion लोगो
खोज आइकन

योना 1:7-10

योना 1:7-10 NNRV

तब नावीकहरूले आपसमा भन्‍न लागे, “आओ, यस आपत्तिको जिम्‍मावार को रहेछ, सो जान्‍नलाई हामी चिट्ठा हालौं।” तिनीहरूले चिट्ठा हाले, र चिट्ठा योनाको नाउँमा पर्‍यो। तब तिनीहरूले तिनलाई सोधे, “हामीलाई भन, हामीमाथि यो आपत्‌ ल्‍याउन को जिम्‍मेवार छ? तिम्रो काम के हो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? तिमी कुन जातिका हौ?” तिनले जवाफ दिएर भने, “म एक हिब्रू हुँ, अनि म स्‍वर्गका परमेश्‍वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।” यस कुराले तिनीहरू डराए र तिनलाई सोधे, “तिमीले के गरेका छौ?” (अघि नै यो कुरा बताएका हुनाले तिनी परमप्रभुको सामुन्‍नेबाट भागेका रहेछन्‌ भन्‍ने तिनीहरूलाई थाहा थियो।)