अय्यूब 4
4
पहिलो कुराकानी
(४:१—१४:२२)
एलीपज भन्दछन्:
1-2अय्यूब, म बोलेकोमा तपाईं रिसाउनुहुन्छ?
म अब चुप बस्न सक्दिनँ।
3तपाईंले धेरै मानिसहरूलाई शिक्षा दिनुभयो
र दुर्बल मानिसहरूलाई बल दिनुभयो।
4दुर्बल भई ठोकर खानेहरू र थाकेकाहरूलाई
तपाईंको वचनले साहस दिन्छ।
5यस घडी सङ्कष्टमा पर्ने तपाईंको पालो आयो।
तपाईं व्याकुल हुनुहुन्छ र तिनको सामना गर्ने धैर्यता तपाईंसित छैन।
6तपाईंले परमेश्वरलाई पुज्नुहुन्छ र तपाईंको जीवन निर्दोष छ।
यसकारण तपाईंले आशा र भरोसा गुमाउनुहुन्न।
7अब सोच्नुहोस्, देखाउनुहोस्,
धर्मी मानिस कहिले विनाश भएको छ?
8मैले मानिसहरूलाई दुष्ट्याइँको बारी जोत्दैगरेको
र कुकर्मको बिउ रोप्दैगरेको देखेको छु।
अहिले तिनीहरूले ती दुष्ट्याइँ र कुकर्मका फल भोगिरहेका छन्।
9आँधीले झैँ परमेश्वरले तिनीहरूलाई आफ्नो क्रोधमा नाश गर्नुहुन्छ।
10दुष्टहरू सिंहझैँ गर्जन्छन्,
तर परमेश्वरले तिनीहरूलाई चुप पार्नुहुन्छ
र तिनका दाँत भाँचिदिनुहुन्छ।
11केही शिकार नपाउने सिंहझैँ तिनीहरू मर्छन्
र उनका सन्तान छरपष्ट हुन्छन्।
12एकपल्ट एउटा खबर सुटुक्क आयो,
यति सुटुक्क कि त्यो मैले सुन्नै सकिनँ।
13 #
अय्यूब 33:15
सपनामा ऐठन परेजस्तो मेरो निद टुट्यो।
14म त्रासले थरथरी काँपें।
डरले मेरो सारा शरीर काँप्यो।
15हल्का हावाको झोक्काले मेरो अनुहार छोयो।
डरले मेरो शरीरको रौं ठाडो भयो।
16केही कुराको आकार मैले त्यहाँ खडा भएको देखें;
मैले आँखा गाडेर हेरें तर त्यसलाई ठम्याउन सकिनँ।
तब त्यो सुनसानका बीचबाट मैले एउटा सोर सुनें:
17“के परमेश्वरको नजरमा कोही धर्मी ठहरिन सक्छ?
के कोही प्राणी आफ्नो सृष्टिकर्ताको अघि पवित्र ठहरिन सक्छ?
18परमेश्वर आफ्नो स्वर्गका सेवकहरूमाथि भर पर्नुहुन्न;
उहाँले स्वर्गदूतहरूलाई पनि दोषी पाउनुहुन्छ।
19चुर पार्न सकिने सानो माटाको पुतलीझैँ, धुलोको एउटा डल्लो अथवा माटोको प्राणीलाई
उहाँले विश्वास गर्नुहुन्छ भनी के तिमी ठान्छौ?
20बिहान बोल्दैगरेको मानिस
कसैलाई थाहा नभई बेलुकासम्म मरिसकेका हुन्छन्।
21उनीसित भएका सबै थोक खोसिन्छ
र बिनाज्ञान उनी मर्छन्।”
अहिले सेलेक्ट गरिएको:
अय्यूब 4: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.