YouVersion लोगो
खोज आइकन

अय्‍यूब 3

3
अय्‍यूबले परमेश्‍वरलाई दु:ख पोखाउँछन्‌
1 # यर्मिया 20:14-18 अन्‍तमा अय्‍यूबले मुख खोलेर आफू जन्‍मेको दिनलाई सराप्‍न लागे।
अय्‍यूब भन्‍दछन्:
2-3हे परमेश्‍वर, म जन्‍मेको दिन श्रापित होस्;
आमाले मलाई गर्भधारण गरेको त्‍यो रात श्रापित होस्!
4हे परमेश्‍वर, त्‍यो दिन अन्‍धकारमा परिवर्तन होस्,
त्‍यस दिनलाई फेरि कहिल्‍यै याद नगरून्;
त्‍यस दिनमाथि फेरि कहिल्‍यै ज्‍योति नचम्‍कोस्।
5त्‍यस दिनलाई निराशा र घोर अन्‍धकारले छोपोस्;
बादलले त्‍यसलाई ढाकोस् र घाम त्‍यहाँ नलागोस्।
6वर्षका दिनहरूको बीचबाट त्‍यो दिन मेटियोस्
र कुनै पनि महिनामा त्‍यसको गन्‍ती फेरि नहोस्।
7यो एउटा उजाड र आनन्‍दरहित रात बनोस्।
8डरलाग्‍दो जल-जन्‍तुलाई अधीन गर्ने जादूगरहरूले त्‍यस दिनलाई सरापोस्।
9बिहानको तारा त्‍यसमाथि नचम्‍कोस्।
त्‍यो रात बितेर बिहानी हुने आशा नै मेटियोस्।
10श्रापित होस्, त्‍यो रात किनकि त्‍यसले मेरी आमाको गर्भ थुनेन
र दु:ख र शोकको ढोका मेरो लागि उदाङ्गै पार्‍यो।
11आमाको पेटमा म किन मरिनँ?
वा जन्‍मने बित्तिकै म किन मरिनँ?
12आमाले मलाई किन काखमा खेलाइन्?
र किन दूध खुवाइन्?
13म त्‍यति बेला नै मर्न पाएको भए विश्राम पाउनेथिएँ।
14भत्‍किसकेका राज-महलहरू बनाउने ती राजाहरू र महाराजाहरूझैँ
अहिले म सुतिरहेको हुनेथिएँ।
15आफ्‍ना महलमा सुन र चाँदी थुपार्ने राजकुमारहरूझैँ
म सुतिरहेको हुनेथिएँ
16वा त मरेकै जन्‍मेको बालकझैँ
म सुतिरहेको हुनेथिएँ।
17चिहानमा दुष्‍ट मानिसहरू दुष्‍ट्याइँ गर्न छोड्दछन्
र थाकेका मानिसहरूले विश्राम पाउँछन्।
18कैदीहरूले पनि त्‍यहाँ शान्‍ति पाउँछन्
र तिनीहरूले कडा आज्ञाको चर्को सोर सुन्‍दैनन्।
19त्‍यहाँ ठूला-साना सबै छन्
र कमारा-कमारीहरू अन्‍तमा मुक्त हुन्‍छन्।
20किन मानिसहरूलाई कष्‍टमा जिइरहन दिनू?
किन शोकमा परेकाहरूलाई ज्‍योति दिनू?
21 # प्रकाश 9:6 तिनीहरूले मृत्‍यु पर्खिरहन्‍छन् तर त्‍यो कहिल्‍यै आउँदैन।
तिनीहरू धनभन्दा चिहान ज्‍यादा रुचाउँछन्।
22मरेर चिहानमा नपुगेसम्‍म तिनीहरू खुसी हुँदैनन्।
23परमेश्‍वरले तिनीहरूका चारैतर्फ घेरा लाउनुहुन्‍छ
र भविष्‍य लुकाइराख्‍नुहुन्‍छ।
24सुस्‍केरा मेरो खाजा हो
र पीडाको चीत्‍कार मेरो पिउने पानी हो।
25जे कुराले मलाई तर्साउँछ,
जे कुरासित म डराउँछु,
त्‍यही हुन आउँछ।
26मलाई शान्‍ति छैन, मलाई विश्राम छैन
र मेरो दु:खको अन्‍त नै छैन।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 3: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्