अय्यूब 5
5
1अय्यूब, तपाईंले बोलाएर हेर्नुहोस्। कसैले जवाफ दिन सक्छ र?
कुन पवित्र जनतिर तपाईं फर्कनुहुन्छ?
2मूर्खलाई रिसले र सोझा मानिसलाई आरिसले मार्दछ।
3मैले मूर्खहरूलाई ढुक्कसित बसेको देखेको छु,
तर अचानक तिनीहरूका घरहरूमा श्राप पर्दछ।
4तिनीहरूका छोरा-छोरीहरू कहिल्यै सुरक्षित हुँदैनन्।
मुद्दा-मामिलामा तिनीहरूको पक्षमा बोल्ने कोही पनि हुँदैन।
5मूर्खले कटनी गरेको उब्जनी र काँडाबीचमा भएका
उसका अन्नबालीसमेत भोकाएकाहरूले खानेछन्।
अनि तिर्खाएकाहरूले उसको धन-सम्पत्तिको तृष्णा गर्छन्।
6कष्ट माटोबाट जन्मँदैन,
दुष्ट्याइँ जमिनबाट उब्जँदैन।
7तर आगोबाट झिल्का निस्केझैँ
मानिसले आफ्नै लागि कष्ट जन्माउँछ।
8यस्तो कुरो ममा आएको भए म परमेश्वरलाई उजुर गर्नेथिएँ
र आफ्नो मुद्दा उहाँको अघि पेश गर्नेथिएँ।
9उहाँका महान् कार्यहरू हामी बुझ्न सक्दैनौं,
उहाँका अचम्मका कामहरूको सीमा छैन।
10उहाँले पृथ्वीमा वर्षा पठाउनुहुन्छ
र खेतबारीहरूलाई पानीले भिजाउनुहुन्छ।
11अँ, परमेश्वरले नम्रहरूलाई उचाल्नु
र शोक गर्नेहरूलाई रक्षा गर्नुहुनेछ।
12-13 #
१ कोरिन्थी 3:19
उहाँले धूर्त मानिसहरूका युक्ति विफल गराउनुहुन्छ
र ज्ञानीहरूलाई तिनीहरूका आफ्नै बुद्धिका पासोमा पार्नुहुन्छ।
अनि आफूले हात लगाएका काममा तिनीहरूले सफलता पाउँदैनन्।
14मध्यदिनमा पनि तिनीहरू रातमा झैँ
छामछाम-छुमछुम गरी हिँड्छन्।
15तर परमेश्वरले दरिद्रहरूलाई मृत्युबाट
र निर्धाहरूलाई अत्याचारबाट बचाउनुहुन्छ।
16यसैकारण उहाँले दरिद्रलाई आशा दिनुहुन्छ
र अन्याय गर्नेलाई चुप पार्नुहुन्छ।
17 #
हितोपदेश 3:11,12; हिब्रू 12:5,6 त्यो मानिस सुखी हो, जसलाई भुल सुधारको निम्ति परमेश्वरले ताडना दिनुहुन्छ!
सर्वशक्तिमान्ले हप्काउनुहुँदा कसैले नराम्रो नमानोस्।
18 #
होशे 6:1
परमेश्वरले लाउनुभएको चोटमा उहाँले नै मलम-पट्टि गर्नुहुनेछ।
उहाँकै हातले तपाईंलाई घायल गर्दछ र निको पनि पार्दछ।
19घरीघरी उहाँले तपाईंलाई जोखिमबाट बचाउनुहुन्छ।
20अनिकालको बेलामा उहाँले तपाईंलाई जीवित राख्नुहुनेछ
र लडाइँको बेलामा मृत्युबाट बचाउनुहुनेछ।
21परमेश्वरले तपाईंलाई बदनामबाट जोगाउनुहुनेछ
र विनाशबाट बचाउनुहुनेछ।
22हिँसा र अनिकालमाथि तपाईं हाँस्नुहुनेछ।
तपाईं जङ्गली जनावरसित डराउनुपर्नेछैन।
23तपाईंले हलो जोत्नुभएको जमिनमा ढुङ्गा हुनेछैन;
जङ्गली जनावरले तपाईंलाई नोक्सान पुर्याउनेछैन।
24तब तपाईं आफ्ना पालमा सुरक्षित बास गर्नुहुनेछ
र आफ्ना भेडाको बथानलाई हेर्नुहुँदा सबै ठीक पाउनुहुनेछ।
25चउरमा भएको घाँसजस्तै
तपाईंका बाल-बच्चाहरू पनि अनगिन्ती हुनेछन्।
26अन्न काट्ने समयसम्म पाकेका गहुँका बालीझैँ
तपाईं उमेर पाकुञ्जेलसम्म बाँचिरहनुहुनेछ।
27अय्यूब, धेरै अध्ययन गरेर हामीले यो कुरा सिकेका हौं।
यो साँचो छ, यसलाई मानिलिनुहोस्।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 5: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.