YouVersion लोगो
खोज आइकन

अय्‍यूब 26:7-14

अय्‍यूब 26:7-14 सरल नेपाली

परमेश्‍वरले उत्तरको आकाश फैलाउनुभयो र शून्‍यतामा पृथ्‍वीलाई झुण्‍ड्याउनुभयो। परमेश्‍वरले बादल पानीले भरिदिनुहुन्‍छ र त्‍यसको भारले बादल फुट्‍न दिनुहुन्‍न। उहाँले पूर्णिमाको जूनलाई बादलभित्र लुकाउनुहुन्‍छ। उहाँले उज्‍यालो र अँध्‍यारोको सिमाना तोक्‍न समुद्रमाथि परिधि राख्‍नुभएको छ। उहाँले आकाशका खामाहरूलाई हप्‍काउनुहुँदा ती डरले थरथरी काँप्‍दछन्। उहाँले आफ्‍नो शक्तिले समुद्रलाई अधीन गर्नुभयो, आफ्‍नै ज्ञानले डरलाग्‍दो जल-जन्‍तु राहाबलाई नाश गर्नुभयो। उहाँको सासले आकाश सफा पार्‍यो र उहाँको हातले डरलाग्‍दो जल-जन्‍तुलाई नाश गर्‍यो। यी त उहाँको शक्तिको एक झलक मात्र हुन्‌, उहाँको मधुरो सोर मात्र हो। उहाँको शक्तिको गर्जन कसले बुझ्‍न सक्‍छ र?

अय्‍यूब 26 पढ्नुहोस्