YouVersion लोगो
खोज आइकन

अय्‍यूब 26:7-14

अय्‍यूब 26:7-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरले उत्तरको आकाश फैलाउनुभयो र शून्‍यतामा पृथ्‍वीलाई झुण्‍ड्याउनुभयो। परमेश्‍वरले बादल पानीले भरिदिनुहुन्‍छ र त्‍यसको भारले बादल फुट्‍न दिनुहुन्‍न। उहाँले पूर्णिमाको जूनलाई बादलभित्र लुकाउनुहुन्‍छ। उहाँले उज्‍यालो र अँध्‍यारोको सिमाना तोक्‍न समुद्रमाथि परिधि राख्‍नुभएको छ। उहाँले आकाशका खामाहरूलाई हप्‍काउनुहुँदा ती डरले थरथरी काँप्‍दछन्। उहाँले आफ्‍नो शक्तिले समुद्रलाई अधीन गर्नुभयो, आफ्‍नै ज्ञानले डरलाग्‍दो जल-जन्‍तु राहाबलाई नाश गर्नुभयो। उहाँको सासले आकाश सफा पार्‍यो र उहाँको हातले डरलाग्‍दो जल-जन्‍तुलाई नाश गर्‍यो। यी त उहाँको शक्तिको एक झलक मात्र हुन्‌, उहाँको मधुरो सोर मात्र हो। उहाँको शक्तिको गर्जन कसले बुझ्‍न सक्‍छ र?

शेयर गर्नुहोस्
अय्‍यूब 26 पढ्नुहोस्

अय्‍यूब 26:7-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्‍छ, र शून्‍यतामा पृथ्‍वीलाई झुण्‍ड्याउनुहुन्‍छ। उहाँले पानीलाई बादलको थुप्रोमा बन्‍द गरी राख्‍नुहुन्‍छ, तापनि तिनको भारले मेघहरू फुटेर निस्‍कँदैनन्‌। आफ्‍ना बादलहरू फैलाएर उहाँले पूर्णिमाको चन्‍द्रमालाई ढाक्‍नुहुन्‍छ। उज्‍यालो र अँध्‍यारोको बीचको सिमानामा उहाँले पानीको सतहमा क्षितिजलाई स्‍थिर राख्‍नुभएको छ। उहाँको हप्‍काइमा आकाशका खम्‍बाहरू काम्‍छन्, र डरले विस्‍मित हुन्‍छन्‌। आफ्‍नो बलियो बाहुले उहाँले समुद्रलाई साम्‍य गराउनुभयो, र आफ्‍नो बुद्धिले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो। उहाँको सासमा आकाश सफा भयो, वेगले भागिरहेको सर्पलाई उहाँको हातले छेड्‌नुभयो। यी ता उहाँको शक्तिको एक छेउ मात्र हुन्, हामीले सुन्‍ने उहाँको मधुर सोर कति मधुरो छ। तब उहाँको शक्तिको गर्जन कसले बुझ्‍न सक्‍छ र?”

शेयर गर्नुहोस्
अय्‍यूब 26 पढ्नुहोस्

अय्‍यूब 26:7-14 पवित्र बाइबल (NERV)

परमेश्वर उत्तर आकाशको शुन्य अन्तरिक्षमा लम्पसार हुनुभयो। परमेश्वरले पृथ्वीलाई शुन्यतामा झुण्ड्याउनु भयो। परमेश्वरले पानीलाई बाक्लो बादलहरूले छोप्नु हुन्छ। तर परमेश्वरले त्यो गह्रुँङ्गो चीजले बादलहरू फुटाउनु हुन्न। परमेश्वरले पूर्णिमाको चन्द्रमालाई छोपी दिनुहुन्छ। उहाँले आफ्नो बादलहरू त्यसतर्फ फैलाउनु हुन्छ अनि त्यस माथि लुकाउनु हुन्छ। जहाँ अँध्यारो र उज्यालोको सङ्गम हुन्छ त्यहाँ परमेश्वरले क्षितिज जस्तै परिधि कोर्नु भयो। आकाशलाई थामी राख्ने आधारहरू डरले काम्छ जब परमेश्वरले तिनीहरूलाई चेतावनी दिनुहुन्छ। परमेश्वरको शक्तिले समुद्र शान्त हुन्छ। परमेश्वरको ज्ञानले राहाबलाई नष्ट पार्नु भयो। परमेश्वरको स्वासले आकाश सफा हुन्छ। परमेश्वरको हातले भाग्न तयार भएका सर्पलाई नाश गरिदिनु हुन्छ। यी परमेश्वरले गर्नु भएको अचम्मका केही कुराहरू मात्र हुन। हामी परमेश्वरले गर्नु भएको कानेखुशी मात्र सुन्छौं। परमेश्वर कति महान र शाक्तिशाली हुनुहुन्छ भनेर, कसैले पनि वास्तविक रूपमा बुझ्न सक्तैन।”

शेयर गर्नुहोस्
अय्‍यूब 26 पढ्नुहोस्