अय्यूब, अब परमेश्वरसित मिलाप गर्नुहोस्, उहाँसँग शत्रुको व्यवहार नगर्नुहोस्। तब उहाँले तपाईंलाई आशिष् दिनुहुनेछ। उहाँले दिनुभएको शिक्षा ग्रहण गर्नुहोस्, उहाँका वचन आफ्ना ह्रदयमा राख्नुहोस्। अँ, तपाईं परमेश्वरकहाँ नम्र भएर फर्कनुपर्छ। आफ्नो घरको सबै दुष्ट्याइँ छोडिदिनुपर्छ र तपाईं फेरि बनिनुहुनेछ। तपाईंको सुन फालिदिनुहोस्। आफ्ना निखुर सुन सुखा खोल्साको ढुङ्गाहरूबीच मिल्काइदिनुहोस्। तब सर्वशक्तिमान् परमेश्वर तपाईंको निम्ति सुन बन्नुहुनेछ, कञ्चन चाँदीको रास बन्नुहुनेछ। तब तपाईं सधैँ परमेश्वरमा भर पर्नुहुनेछ र उहाँमा नै आफ्नो आनन्दको मूल पाउनुहुनेछ। तपाईंले प्रार्थना गर्दा उहाँले सुन्नुहुनेछ र तपाईंले आफ्नो भाकल पूरा गर्नुहुनेछ। तपाईं आफूले हात हालेका काममा सफल हुनुहुनेछ र तपाईंको बाटोमा ज्योति चम्कनेछ। अहङ्कारीको घमण्ड परमेश्वरले झारिदिनुहुनेछ र नम्र मानिसहरूलाई उहाँले बचाउनुहुनेछ। तपाईं निर्दोष हुनुहुन्छ र ठीक कुरो गर्नुहुन्छ भने उहाँले तपाईंलाई बचाउनुहुनेछ।
अय्यूब 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 22:21-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू