अय्यूब 17
17
1मलाई सास फेर्न गाह्रो परेको छ, मेरो मृत्यु नजिक छ।
चिहान बाहेक मेरो निम्ति अरू केही रहेन।
2जता हेर्दा पनि मानिसहरूले मलाई साह्रै ठट्टा गरिरहेका हुन्छन्।
3तपाईं नै मेरो जमानी हुनुहोस्
किनभने मेरो जमानीमा बस्ने कोही छैन।
4तपाईंले तिनीहरूका मनबाट बुझ्ने शक्ति थुनिदिनुभएको छ।
यसकारण तिनीहरूलाई ममाथि विजय हुन नदिनुहोस्।
5मित्रका धन-सम्पत्ति हात पारूँ भनी
आफ्ना मित्रलाई धोका दिनेका छोरा-छोरीहरूले कष्ट भोग गर्छन्।
6उहाँले मलाई उखानको पात्र बनाउनुभएको छ।
मानिसहरूले आएर मेरो मुखमा थुक्छन्।
7शोकले प्राय: म अन्धो नै भइसकेको छु
र मेरा हात-खुट्टाहरू छायाँझैँ हल्का भएका छन्।
8यो देखेर सोझा मानिसहरू अलमल्ल परेका छन्
र मलाई अधर्मी भनी आरोप लाउँछन्।
9तापनि धर्मीहरू आफ्ना चालमा नै चलिरहन्छन्
र आफ्ना हात चोखो राख्नेहरू झन् बलिया हुँदैजान्छन्।
10तर हेर्नुहोस्, तपाईंहरूले जति नै कोसिस गरे पनि
मैले त तपाईंहरू कुनैसित पनि केही बुद्धि छ भन्ने देख्दिनँ।
11मेरा दिनहरू बितिसके, मेरा युक्तिहरू विफल भए,
मेरो आशा हरायो।
12तर मेरा साथीहरूले रातलाई ‘दिन’ भन्छन्;
“उज्यालो हुन अब बेर छैन,” भन्छन्,
तर म त अन्धकारमा नै छु।
13यदि मेरो एकमात्र आशा चिहान हो
र त्यहाँ म अन्धकारमा आफ्नो ओछ्यानमा सुत्छु भने
14यदि चिहानलाई ‘बुबा,’
र मलाई खाने किरालाई ‘आमा’ र ‘दिदी-बहिनीहरू’ भन्छु भने
15मेरो लागि आशा कहाँ होला?
त्यो कसले देख्ला?
16जब म मृत-लोकमा जानेछु,
तब मसित आशा रहनेछैन।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 17: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.