अय्यूब 18
18
बिल्दद भन्दछन्:
1-2अय्यूब, तपाईंले कहिले बोलिसक्ने?
तपाईंले सुनिदिए हामी बोल्न सक्नेथियौं।
3हामी गाई-गोरुजस्ता मूर्ख छौं भनी कसरी तपाईं सोच्नुहुन्छ?
4आफ्नो रिसले तपाईंले आफैंलाई चोट लाउँदै हुनुहुन्छ।
तपाईं रिसाउँदैमा के पृथ्वी खाली हुने हो र?
तपाईंलाई शान्त गराउन के चट्टानहरू हट्ने हुन् र?
5 #
अय्यूब 21:17
होइन, बरु दुष्टको बत्ती पो निभाइन्छ,
त्यसको आगोको ज्वाला फेरि कहिल्यै बल्नेछैन।
6त्यसको पालको दियो निभ्नेछ।
7त्यसका पाइलाहरू दरिला थिए,
तर अब ती लर्बरिन्छन्।
त्यो आफ्नै युक्तिले गर्दा लड्छ।
8त्यो जालमा पर्छ र उसको खुट्टा अल्झिन्छ।
9त्यसको कुर्कुच्चा पासोमा पर्छ
र त्यो फन्दामा पर्छ।
10त्यसको लागि भूइँमा डोरी र बाटोमा पासो लुकाएर थापेका हुन्छन्।
11डरलाग्दा कुराले त्यसलाई चारैपट्टिबाट तर्साउँछ
र त्यसका पाइला-पाइलामा पछ्याउँछ।
12त्यो धनी थियो तर अब भोकै बस्छ।
विनाश त्यसको छेउमा उभिएर पर्खिरहेको छ।
13एउटा डरलाग्दो रोग त्यसको शरीरमा लागेको छ,
त्यसका हात-खुट्टाहरू कुहिन्छन्।
14ढुक्कसित बसेकाहरूलाई पालबाट तानेर निकालिन्छ
र मृत्यु-राजको अघि घिसाएर लगिन्छ।
15त्यसको डेरामा किटनाशक गन्धक छरिएको छ
र अब त्यहाँ जोसुकैले पनि बास गर्न सक्छ!
16त्यसका जरा र हाँगा-बिँगा ओइलिएर सुकेका छन्।
17देशभित्र र बाहिर त्यसको नाम हराएको छ,
कसैले त्यसको सम्झना गर्दैन।
18त्यो यस संसारबाट बाहिर र उज्यालोबाट अँध्यारोमा धपाइन्छ।
19त्यसका कोही साखा-सन्तान रहनेछैनन्।
त्यसका घरमा कोही पनि बाँच्नेछैन।
20त्यसको दशा सुनेर पश्चिमका मानिसहरू तर्सनेछन्
र पूर्वका मानिसहरू भयले काम्नेछन्।
21परमेश्वरको केही वास्ता नगर्नेहरू
र दुष्टहरूको गति पनि यस्तै हुनेछ।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 18: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.