अय्यूब 16
16
अय्यूब भन्दछन्:
1-2यस्ता कुरा त मैले अघि पनि सुनेको हुँ,
तपाईंहरूले सान्त्वनाको बदलामा
मलाई सहन नसक्ने पीडा दिनुहुन्छ।
3के यी हावाका कुराको अन्त छैन?
के तपाईंहरूले आफ्नै कुरा मात्र माथि पार्ने?
4यदि तपाईंहरू र मैले ठाउँ साटासाट गर्न पाएदेखि तपाईंहरूले भनेका कुरा म पनि भन्न सक्थें।
म पनि टाउको हल्लाई-हल्लाई
शब्दको भेल तपाईंहरूमाथि छोडिदिनेथिएँ।
5तर त्यसो होइन, मैले त साहसको सल्लाह दिनेथिएँ,
र चुपचाप सहानुभूति जगाउनेथिएँ।
6बोल्दा होस् वा चुप लाग्दा होस्,
मेरो पीडा कहिल्यै पनि शान्त हुँदैन।
7हे परमेश्वर, तपाईंले मलाई थकाइ सक्नुभयो,
मेरो घर-परिवार नाश गरिदिनुभयो।
8तपाईंले मलाई पक्रनुभयो;
तपाईं मेरो शत्रु बन्नुभएको छ।
म हाड र छाला मात्र भएको छु
र यसैलाई मानिसहरू मेरो दोषको प्रमाण ठान्छन्।
9क्रोधमा परमेश्वरले मलाई च्यातचुत पार्नुहुन्छ,
उहाँले मलाई घृणाको दृष्टिले हेर्नुहुन्छ।
10मानिसहरू मेरो गिल्ला गरेर हाँस्छन्।
मेरो विरुद्धमा भीड लागेर तिनीहरूले मलाई थप्पड लाउँछन्।
11परमेश्वरले मलाई दुष्टहरूका हातमा छोडिदिनुभएको छ।
12म त आराममा बसेको थिएँ,
तर उहाँले मेरो गला अँठ्याउनुभयो;
मलाई पिट्नुभयो र धुलो-पिठो पार्नुभयो
र मलाई निशाना बनाउनुभयो।
13चारैपट्टिबाट उहाँका काँडले मलाई रोपेर घाइते बनाउँछ।
अनि मेरो भुँडी छेडिएर पित्त छरिए पनि
उहाँले ममाथि केही दया देखाउनुहुन्न।
14बारम्बार उहाँले मलाई घाइते बनाउनुहुन्छ।
घृणाले पागल भएको योद्धाले झैँ
उहाँले मलाई हमला गर्नुहुन्छ।
15म अफसोस गर्दछु र भाङ्ग्रा ओढ्दछु,
र हार मानेर धुलोमा बस्दछु।
16रुँदा-रुँदा मेरा गाला राता भएका छन्।
मेरा आँखा सुनिएर चारैपट्टि कालो भएको छ।
17तरै पनि मैले हिँसा गरेको छैनँ
र परमेश्वरकहाँ मेरो प्रार्थना निष्कपट छ।
18हे पृथ्वी, ममाथिको कुकर्मलाई नढाक!
न्यायको लागि मेरो पुकार चुप नपारियोस्!
19 #
अय्यूब 19:25
मेरो गवाही स्वर्गमा हुनुहुन्छ,
उहाँ मेरो पक्षमा बोल्नुहुनेछ।
20मेरा साथीहरूले मेरो गिल्ला गर्छन्,
परमेश्वरको अघि मेरा आँखाबाट आँसु बग्छ।
21मानिसले आफ्नो साथीको पक्षमा बिन्ती गरेझैँ
परमेश्वरसित मेरो पक्षमा बचाउको निम्ति कसैले बहस गरिदेओस् भनी म चाहन्छु।
22मेरो बाँच्ने दिन अब धेरै छैन।
म गएपछि फेरि फर्कनेछैनँ।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 16: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.