अय्यूब 15
15
दोस्रो कुराकानी
(१५:१—२१:३४)
एलीपजले जवाफ दिन्छन्:
1-2फोस्रा कुराहरू, अय्यूब! फोस्रा कुराहरू!
3कुनै बुद्धिमान् मानिसले यस्ता मूर्ख कुरा गर्दैनन्।
यस्ता व्यर्थका शब्दहरूले आफैंलाई बचाउन खोज्दैनन्।
4तपाईंले भनेजस्तो भयो भने त
कसैले परमेश्वरको भय मान्नेछैन,
कसैले उहाँलाई पुकार्नेछैन।
5तपाईंको दुष्टता तपाईंले भनेका कुराबाट प्रष्टै हुन्छ।
फटाहा कुरा गरेर तपाईं उम्कन चाहनुहुन्छ।
6मैले त केही भन्नैपर्दैन,
तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा साक्षी दिएको छ।
7के तपाईं सबैभन्दा पहिले जन्मेको मानिस हुनुहुन्छ?
के तपाईंको जीवन पर्वतहरूभन्दा पहिले नै सुरु भएको हो?
8के परमेश्वरको सभामा बसेर तपाईंले उहाँको परिकल्पनाबारे सुन्नुभएको थियो?
के मानव बुद्धि तपाईंमा मात्र छ?
9हामीले नजानेका कुरा तपाईंले के जान्नुभएको छ?
10हाम्रा पक्षमा बुढा-पाका र सेता केश
भएका
र तपाईंको बुबाभन्दा पनि ज्यादा उमेर भएका मानिसहरू छन्।
11परमेश्वरले सान्त्वना दिँदा तपाईं किन नमान्ने?
हामीले उहाँकै पक्षमा शान्ति दिने मुनासिब कुरा गरेका छौं?
12तपाईं किन उत्तेजित हुनुहुन्छ? तपाईंका आँखामा किन रिसको ज्वाला छ?
13तपाईं परमेश्वरसित रिसाउनुभएको छ र उहाँको विरुद्धमा बोल्नुहुन्छ।
14 #
अय्यूब 25:4-6
के कुनै मानिस साँच्चै पवित्र हुन सक्छ?
के कुनै मानिस परमेश्वरको नजरमा धर्मी हुन सक्छ र?
15परमेश्वरले आफ्नै स्वर्गदूतहरूमाथि पनि भरोसा राख्नुहुन्न।
उहाँको नजरमा तिनीहरू पनि पवित्र छैनन्।
16मानिसको त झन् थोरै कदर छ, मानिस घिनलाग्दो र सडेको छ।
उसले पानीझैँ दुष्टता पिउँछ।
17अय्यूब, तपाईं सुन्नुहोस्,
म जे कुरा जान्दछु, अब म सबै थोक बयान गर्दछु।
18यी कुरा ज्ञानी मानिसहरूले भनेका हुन्।
ज्ञानी मानिसहरूले आफ्ना पितापुर्खाहरूले भनेका कुराहरूबाट केही नलुकाई यी कुरा भनेका छन्।
19तिनीहरूलाई देशमाथि अधिकार दिएको थियो
र तिनीहरूका बीचमा कोही विदेशीहरू थिएनन्।
20अर्कालाई सताउने दुष्ट मानिस जीवनभरि दु:खले पीडित हुन्छ।
21तर्साउने सोरहरू त्यसको कानमा गुञ्जिरहनेछ।
अनि ढुक्क बसेका बेला डाँकुहरू त्यसमाथि आइलाग्नेछन्।
22अन्धकारबाट उम्कने त्यसको आशा हुँदैन।
त्यसलाई मार्न तरवार कहीँ पर्खिरहेको हुन्छ।
23त्यसको लाश खानलाई गिद्धहरू पर्खिरहेका हुन्छन्,
आफ्नो भविष्य अँध्यारो छ भनी त्यसले जान्दछ।
24दु:ख र कष्टले त्यो भयभीत हुँदछ।
युद्ध गर्नलाई तयार भएका राजाझैँ विपत्ति त्यसमाथि आइलाग्नेछ।
25सर्वशक्तिमान्सँग जोरी खोज्ने
र परमेश्वरलाई मुक्का देखाउने मानिसको गति त्यस्तै हुन्छ।
26-27त्यो अहङ्कारी र बागी छ, त्यसले ढिट भएर आफ्नो ढाल उठाई परमेश्वरको विरुद्धमा लड्न दगुर्छ।
28त्यसले ध्वंस भएका सहरहरू अधीन गर्नेछ र रित्ता घरहरूमा बास गर्नेछ।
तर ती सहर र घरहरू पनि नष्ट भएर जानेछन्।
29त्यो धेरै दिन धनी रहनेछैन, त्यसको धन-सम्पत्ति खतम हुनेछ।
त्यसको नाउँ-निशाना रहनेछैन।
30त्यो अन्धकारदेखि बाँच्नेछैन।
त्यो यस्तो रूखजस्तो हुनेछ,
जसका हाँगाहरू आगोको ज्वालाले डढाउँछ
र जसका फूलहरू बतासले उडाइलैजान्छ।
31त्यसले मूर्ख भई व्यर्थका कुरामा भरोसा राख्दछ भने
व्यर्थकै कुरा पाउनेछ।
32त्यो आफ्नो समयअघि नै ओइलिनेछ,
त्यसको हाँगा फेरि पलाउनेछैन।
33काँचैमा फल खस्ने दाखको बोट
र फूलै झरिजाने जैतुनको बोटझैँ त्यो हुनेछ।
34परमेश्वर नपुज्ने मानिसहरूका सन्तानहरू हुनेछैनन्
र घुस-खोरीले बनेका घरहरू आगोले भस्म हुनेछन्।
35यी ती मानिसहरू हुन्, जसले कुकर्म रच्तछन् र दुष्ट्याइँ गर्दछन्।
अनि धोकाबाजका कुराहरूले तिनीहरूको हृदय भरिएको हुन्छ।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 15: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.