YouVersion लोगो
खोज आइकन

अय्‍यूब 14:7-12

अय्‍यूब 14:7-12 सरल नेपाली

काटेर ढालिएको रूख फेरि पलाउने आशा हुन्‍छ, त्‍यसमा नयाँ पालुवा उम्रन्‍छ। त्‍यसका जराहरू छिप्‍पिएर बुढो भए पनि र त्‍यसको ठुटो जमिनमा मरिसकेको भए पनि अलिकता पानी पाएपछि त्‍यसमा नयाँ पालुवा पलाउनेछ। तर मानिस मर्छ, त्‍यहीँ उसको अन्‍त हुन्‍छ, अन्‍त भएपछि अरू केको आशा हुन्‍छ र? जसरी खहरे खोला र तालको पानी सुकिजान्‍छ, त्‍यसरी नै मानिस मर्छ र फेरि उठ्दैन। जबसम्‍म आकाश रहन्‍छ, तबसम्‍म त्‍यो आफ्‍नो निद्राबाट जाग्‍दैन।

अय्‍यूब 14 पढ्नुहोस्