YouVersion लोगो
खोज आइकन

यशैया 61:1-8

यशैया 61:1-8 सरल नेपाली

सार्वभौम परमप्रभुले आफ्‍नो आत्‍माले मलाई भन्‍नुभएको छ। उहाँले मलाई अभिषेक गर्नुभयो र गरीबलाई सु-सन्‍देश सुनाउन, टुटेका हृदयहरू बिसेक गराउन, कैदीहरूलाई छुटकारा र झ्‍यालखानमा थुनिएकाहरूलाई स्‍वतन्‍त्रताको घोषणा गर्न पठाउनुभयो। परमप्रभुले आफ्‍ना प्रजालाई बचाउने र शत्रुहरूलाई हार गराउने समय आइपुगेको छ भनी सुनाउन उहाँले मलाई पठाउनुभएको हो। विलाप गर्नेहरू सबैलाई सान्‍त्‍वना दिन पठाउनुभएको हो। सियोनमा विलाप गर्नेहरूलाई शोकको साटोमा आनन्‍द र रमाहट दिन उहाँले मलाई पठाउनुभएको हो, वेदनाको सट्टामा प्रशंसाको गीत दिन पठाउनुभएको हो। तिनीहरू आफैंले रोप्‍नुभएको फलाँटको? रूखझैँ हुनेछन्। जे ठीक छ, तिनीहरू सबैले त्‍यही गर्नेछन् र यसबाट परमेश्‍वरको महिमा हुनेछ। धेरै दिनदेखि ध्‍वस्‍त रहेका सहरहरू तिनीहरूले फेरि बसाल्‍नेछन्। ए मेरा प्रजा, विदेशीहरूले तिमीहरूको सेवा गर्नेछन्। तिनीहरूले तिमीहरूका भेडा हेरिदिनेछन्, खेतमा अन्‍न लगाइदिनेछन् र दाखबारी सम्हालिदिनेछन्। तिमीहरू परमप्रभुका पूजाहारीहरू र परमेश्‍वरका सेवकहरू हौ भनी मानिसहरूले चिन्‍नेछन्। जाति-जातिका धन-सम्‍पत्तिको आनन्‍द तिमीहरूले लिनेछौ र ती पाएर गर्व गर्नेछौ। तिमीहरूका लाज र अपमानको अन्‍त भयो। तिमीहरू आफ्‍ना देशमा बास गर्नेछौ, तिमीहरूको धन-सम्‍पत्ति दुई गुणा हुनेछ र तिमीहरूको आनन्‍द अन्‍त हुनेछैन। परमप्रभु भन्‍नुहुन्‍छ, “म न्‍यायलाई प्रेम गर्दछु, अत्‍याचार र अपराधलाई घृणा गर्दछु। विश्‍वासयोग्‍य भई म आफ्‍नो प्रजालाई इनाम दिनेछु र तिनीहरूसित एउटा सनातनको करार बाँध्‍नेछु।

यशैया 61 पढ्नुहोस्