यशैया 61
61
छुटकाराको सु-सन्देश
1 #
मत्ती 11:5; लूका 7:22 #
लूका 4:18,19 सार्वभौम परमप्रभुले आफ्नो आत्माले मलाई भन्नुभएको छ। उहाँले मलाई अभिषेक गर्नुभयो र गरीबलाई सु-सन्देश सुनाउन, टुटेका हृदयहरू बिसेक गराउन, कैदीहरूलाई छुटकारा र झ्यालखानमा थुनिएकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न पठाउनुभयो।
2 #
मत्ती 5:4
परमप्रभुले आफ्ना प्रजालाई बचाउने र शत्रुहरूलाई हार गराउने समय आइपुगेको छ भनी सुनाउन उहाँले मलाई पठाउनुभएको हो। विलाप गर्नेहरू सबैलाई सान्त्वना दिन पठाउनुभएको हो।
3सियोनमा विलाप गर्नेहरूलाई शोकको साटोमा आनन्द र रमाहट दिन उहाँले मलाई पठाउनुभएको हो, वेदनाको सट्टामा प्रशंसाको गीत दिन पठाउनुभएको हो। तिनीहरू आफैंले रोप्नुभएको फलाँटको? रूखझैँ हुनेछन्। जे ठीक छ, तिनीहरू सबैले त्यही गर्नेछन् र यसबाट परमेश्वरको महिमा हुनेछ।
4धेरै दिनदेखि ध्वस्त रहेका सहरहरू तिनीहरूले फेरि बसाल्नेछन्।
5ए मेरा प्रजा, विदेशीहरूले तिमीहरूको सेवा गर्नेछन्। तिनीहरूले तिमीहरूका भेडा हेरिदिनेछन्, खेतमा अन्न लगाइदिनेछन् र दाखबारी सम्हालिदिनेछन्।
6तिमीहरू परमप्रभुका पूजाहारीहरू र परमेश्वरका सेवकहरू हौ भनी मानिसहरूले चिन्नेछन्। जाति-जातिका धन-सम्पत्तिको आनन्द तिमीहरूले लिनेछौ र ती पाएर गर्व गर्नेछौ।
7तिमीहरूका लाज र अपमानको अन्त भयो। तिमीहरू आफ्ना देशमा बास गर्नेछौ, तिमीहरूको धन-सम्पत्ति दुई गुणा हुनेछ र तिमीहरूको आनन्द अन्त हुनेछैन।
8परमप्रभु भन्नुहुन्छ, “म न्यायलाई प्रेम गर्दछु, अत्याचार र अपराधलाई घृणा गर्दछु। विश्वासयोग्य भई म आफ्नो प्रजालाई इनाम दिनेछु र तिनीहरूसित एउटा सनातनको करार बाँध्नेछु।
9जातिहरूका माझमा तिनीहरूको सन्तानको नाम खुब चल्नेछ। तिनीहरूलाई देख्ने सबैले उनीहरूलाई मैले आशीर्वाद दिएको जाति हो भनी जान्नेछन्।”
10 #
प्रकाश 21:2
परमप्रभुको कारणले यरूशलेम रमाउँछ। पूजाहारीजस्तै दुलाहाले आफ्नो शिर सिंगारेझैँ र दुलहीले आफैंलाई रत्न-मणीले सिंगारेझैँ परमेश्वरले मलाई उद्धारको पोशाक पहिराइदिनुभएको छ।
11जसरी बिउ टुसाउँछ र बढ्छ, ठीक त्यसरी नै सार्वभौम परमप्रभुले आफ्ना प्रजालाई बचाउनुहुनेछ र सबै जातिहरूको प्रशंसा गर्नेछन्। उहाँले बचाउनुभएका मानिसहरूलाई आफ्नो साथमा ल्याउँदै हुनुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
यशैया 61: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.