YouVersion लोगो
खोज आइकन

यशैया 61:1-8

यशैया 61:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

प्रभु याहवेहको आत्मा ममाथि छ; किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति याहवेहले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई टुटेका हृदयहरूलाई जोड्न, कैदमा परेकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न, र बन्धनमा परेकाहरूलाई अन्धकारबाट मुक्त गर्न, याहवेहको निगाहको वर्ष र हाम्रा परमेश्‍वरको बदलाको घोषणा गर्न, शोक गर्नेहरूलाई सान्त्वना दिन, र सियोन पर्वतमा शोकाकुल हुनेहरूलाई प्रबन्ध गरिदिन, तिनीहरूलाई खरानीको सट्टा सुन्दरताको मुकुट प्रदान गर्न, विलापको सट्टा आनन्दको तेल दिन, निराशाको आत्माको सट्टा प्रशंसाको पोशाक पहिराइदिन पठाउनुभएको छ। उहाँको गौरव प्रदर्शन गर्न तिनीहरूलाई याहवेहले रोप्नुभएको धार्मिकताका फलाँटहरू भनिनेछन्। तिनीहरूले प्राचीन भग्नावशेषहरूलाई पुनर्निर्माण गर्नेछन्; अनि धेरै पहिले भत्काइएका ठाउँहरूलाई पुनर्स्थापित गर्नेछन्; पुस्तौँसम्म भत्काएर उजाड र ध्वस्त पारिएका सहरहरूलाई तिनीहरूले मर्मत गरेर फेरि बसाल्नेछन्। परदेशीहरूले तिमीहरूका बगालहरूलाई चराउनेछन्; विदेशीहरूले तिमीहरूका खेतहरू र दाखबारीमा काम गर्नेछन्। तिमीहरू याहवेहका पुजारीहरू भनिनेछौ; तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवकहरूको नाम दिइनेछ। तिमीहरूले जाति-जातिहरूका सम्पत्ति खानेछौ; अनि तिनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ। तिमीहरूका शर्मको सट्टामा तिमीहरूले दोबर भाग पाउनेछौ; अनि तिमीहरूले अपमानको सट्टामा तिमीहरूका उत्तराधिकारमा आनन्द मनाउनेछौ; यसरी तिमीहरूले आफ्ना देशमा दोबर भाग अधिकार गर्नेछौ, र सदाको निम्ति आनन्दित हुनेछौ। “किनकि म याहवेहले न्यायलाई प्रेम गर्छु; डकैती र अधर्मलाई घृणा गर्छु। म मेरो विश्‍वासयोग्यतामा मेरा प्रजालाई प्रतिफल दिनेछु, र तिनीहरूसँग सदाको करार बाँध्नेछु।

शेयर गर्नुहोस्
यशैया 61 पढ्नुहोस्

यशैया 61:1-8 पवित्र बाइबल (NERV)

परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो। परमेश्वरले मलाई त्यो समय घोषणा गर्न पठाउनु भयो जब परमप्रभुले आफ्नो करूणा प्रकट गर्नु हुनेछ। परमेश्वरले मलाई त्यो समय घोषणा गर्नु पठाउन भयो जब उहाँले पापीहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले दु:खी मानिसहरूलाई सान्त्वना दिन मलाई पठाउनुभयो। परमेश्वरले सियोनका दु:खी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दु:खमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई “धार्मिकताका वृक्षहरू” र “परमप्रभुको अद्भूत बोट” नाउँ दिनलाई पठाउनु भयो। त्यस बेला, ध्वंश भएका पुराना शहरहरू फेरि निर्माण गरिनेछन्। ती शहरहरू पहिले जस्तै नयाँ बनिनेछन्। धेरै-धेरै बर्ष अघाडि भत्किाएका ती शहरहरू नयाँ जस्तै बनिनेछन्। तब तिम्रा शत्रुहरू तिमीकहाँ आएर तिम्रो भेंडा़को हेरचाह गर्नेछ। शत्रुका नानीहरूले तिम्रा खेतहरू र बगैंचामा काम गरिदिनेछ। तिमीहरूलाई “परमप्रभुका पूजाहारीहरू” र “हाम्रा परमेश्वरको सेवकहरू” भनेर बोलाइनेछौ। तिमीहरूले सारा पृथ्वीका जातिहरूबाट ल्याइएका धन-सम्पत्ति पाउनेछौ। अनि तिमीहरू त्यो पाएर गर्वित हुनेछौ। बितेका दिनहरूमा ती मानिसहरूले तिमीहरूलाई लज्जित पारे र सबै तिमीहरूको विरूद्ध नराम्रा कुराहरू गरे। तिमीहरू अन्य मानिसहरू भन्दा बढ्ता लज्जित भयौ। यसैले तिमीहरूको देशमा तिमीहरूले अरूहरू भन्दा दुइगुणा बढी पाउनेछौ। तिमीहरूले आनन्द मनाउनेछौ जुन अनन्तसम्म रहनेछ। यो खुशी किन यस्तो हुनेछ? किनभने म परमप्रभु हुँ र निष्पक्षता मन पराउँछु। म चोरी र अरू सबै कुराहरूलाई घृणा गर्दछु जुन गल्ती हुन्छ। यसैले म मानिसहरूलाई उनीहरूको कर्मको ज्याला दिनेछु। म मेरा मानिसहरूसँग अनन्तको लागि करार गर्नेछु।

शेयर गर्नुहोस्
यशैया 61 पढ्नुहोस्

यशैया 61:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभु परमेश्‍वरका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बाँध्‍न, कैदमा परेकाहरूलाई स्‍वतन्‍त्रता दिन र बन्‍धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ। परमप्रभुको प्रसन्‍नताको वर्ष, र हाम्रा परमेश्‍वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्‍त्‍वना दिन, र सियोनमा विलाप गर्नेहरूलाई— खरानीको सट्टा सुन्‍दरताको मुकुट, र शोकको सट्टा आनन्‍दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन। उहाँका गौरवको प्रदर्शन होस्‌ भनेर परमप्रभुले नै रोप्‍नुभएको धार्मिकताका फलाँटहरू तिनीहरू कहलाइनेछन्‌। तिनीहरूले पुराना भग्‍नावशेष पुनर्निर्माण गर्नेछन्‌। नष्‍ट भएका ठाउँहरू तिनीहरूले फेरि बनाउनेछन्, र पुस्‍तौँदेखि भग्‍नावशेष भएर रहेका सहरहरूलाई तिनीहरूले फेरि नयाँ बनाउनेछन्‌। परदेशीहरूले तेरा भेड़ाबाख्राहरूलाई चराउनेछन्, र विदेशीहरूले तेरा जमिन र दाखबारीमा काम गर्नेछन्‌। अनि तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ, तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवक नाउँ दिइनेछ। तिमीहरूले जाति-जातिहरूका धन-सम्‍पत्ति खानेछौ, र उनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ। तिनीहरूका शर्मको सट्टा मेरा प्रजाले दोबर पाउनेछन्, र अनादरको सट्टा तिनीहरू आफ्‍ना उत्तराधिकारमा रमाउनेछन्‌। यसैकारण तिनीहरू आफ्‍नै देशका दोबर भागका हकदार हुनेछन्, र अनन्‍तको आनन्‍द तिनीहरूका निम्‍ति हुनेछ। “किनभने म, परमप्रभुचाहिँ, न्‍यायलाई प्रेम गर्दछु, डकैत र अधर्म मलाई घृणा लाग्‍छ। म आफ्‍नो विश्‍वसनीयतामा तिनीहरूलाई इनाम दिनेछु, र म तिनीहरूसित सदाको करार बाँध्‍नेछु।

यशैया 61:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सार्वभौम परमप्रभुले आफ्‍नो आत्‍माले मलाई भन्‍नुभएको छ। उहाँले मलाई अभिषेक गर्नुभयो र गरीबलाई सु-सन्‍देश सुनाउन, टुटेका हृदयहरू बिसेक गराउन, कैदीहरूलाई छुटकारा र झ्‍यालखानमा थुनिएकाहरूलाई स्‍वतन्‍त्रताको घोषणा गर्न पठाउनुभयो। परमप्रभुले आफ्‍ना प्रजालाई बचाउने र शत्रुहरूलाई हार गराउने समय आइपुगेको छ भनी सुनाउन उहाँले मलाई पठाउनुभएको हो। विलाप गर्नेहरू सबैलाई सान्‍त्‍वना दिन पठाउनुभएको हो। सियोनमा विलाप गर्नेहरूलाई शोकको साटोमा आनन्‍द र रमाहट दिन उहाँले मलाई पठाउनुभएको हो, वेदनाको सट्टामा प्रशंसाको गीत दिन पठाउनुभएको हो। तिनीहरू आफैंले रोप्‍नुभएको फलाँटको? रूखझैँ हुनेछन्। जे ठीक छ, तिनीहरू सबैले त्‍यही गर्नेछन् र यसबाट परमेश्‍वरको महिमा हुनेछ। धेरै दिनदेखि ध्‍वस्‍त रहेका सहरहरू तिनीहरूले फेरि बसाल्‍नेछन्। ए मेरा प्रजा, विदेशीहरूले तिमीहरूको सेवा गर्नेछन्। तिनीहरूले तिमीहरूका भेडा हेरिदिनेछन्, खेतमा अन्‍न लगाइदिनेछन् र दाखबारी सम्हालिदिनेछन्। तिमीहरू परमप्रभुका पूजाहारीहरू र परमेश्‍वरका सेवकहरू हौ भनी मानिसहरूले चिन्‍नेछन्। जाति-जातिका धन-सम्‍पत्तिको आनन्‍द तिमीहरूले लिनेछौ र ती पाएर गर्व गर्नेछौ। तिमीहरूका लाज र अपमानको अन्‍त भयो। तिमीहरू आफ्‍ना देशमा बास गर्नेछौ, तिमीहरूको धन-सम्‍पत्ति दुई गुणा हुनेछ र तिमीहरूको आनन्‍द अन्‍त हुनेछैन। परमप्रभु भन्‍नुहुन्‍छ, “म न्‍यायलाई प्रेम गर्दछु, अत्‍याचार र अपराधलाई घृणा गर्दछु। विश्‍वासयोग्‍य भई म आफ्‍नो प्रजालाई इनाम दिनेछु र तिनीहरूसित एउटा सनातनको करार बाँध्‍नेछु।

शेयर गर्नुहोस्
यशैया 61 पढ्नुहोस्