YouVersion लोगो
खोज आइकन

यशैया 50:7-9

यशैया 50:7-9 सरल नेपाली

तिनीहरूले गरेका बेइज्‍जतीले मेरो केही नोक्‍सान गर्दैन किनभने सार्वभौम परमप्रभुले मलाई सहायता दिनुहुन्‍छ। ती सहन मैले आफैंलाई स्‍थिर पारेको छु। म जान्‍दछु कि मेरो बदनाम हुनेछैन किनभने परमेश्‍वर नजिकै हुनुहुन्‍छ र उहाँले मलाई निर्दोष साबित गर्नुहुन्‍छ। कसले मेरो विरुद्धमा मुद्दा ल्‍याउन साहस गर्दछ? लौ, हामी सँगै अदालतमा जाऔं! त्‍यसले मेरो विरुद्धमा आफ्‍नो बयान देओस्! सार्वभौम परमप्रभुले आफैं मेरो पक्षमा बोल्‍नुहुनेछ: त्‍यसो भए कसले मलाई दोषी ठहराउन सक्‍छ? मलाई दोष लाउनेहरू सबै जना देखापर्नेछैनन्। किराले खाएका लुगाझैँ तिनीहरू लोप हुनेछन्।

यशैया 50 पढ्नुहोस्