यशैया 50:7-9
यशैया 50:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म शर्ममा पर्नेछैनँ, किनकि परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। यसर्थ मैले मेरो मोहड़ा दर्शन चकमकजस्तै स्थिर पारेको छु, र म जान्दछु, कि म लाजमा पर्नेछैनँ। मलाई निर्दोष ठहराउनुहुने मेरो नजिकै हुनुहुन्छ। यसर्थ कसले मेरो विरुद्धमा दोष लगाउँछ? हामी मुखामुख परौं! मेरो विरोधी को छ? त्यसले मेरो सामना गरोस्! परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। त्यो को हो, जसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगाझैँ थोत्रा हुनेछन्। कीराले तिनीहरूलाई खाइहाल्नेछन्।
यशैया 50:7-9 पवित्र बाइबल (NERV)
परमप्रभु मेरो मालिकले मलाई साथ दिनहुन्छ, यसैले तिनीहरूले मप्रति गरेका नराम्रा कुराहरूले मलाई असर पार्दैन। म बलियो हुनेछु, म जान्दछु कि म निराश हुने छैन। परमप्रभु मसँग हुनुहुन्छ। उहाँले मलाई निर्दोष ठहराउनुहुन्छ। यसैकारण कसैले पनि मलाई दोषी देखाउन सक्ने छैन्। यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न खोज्छ भने त्यो मानिस मकहाँ आउनुपर्छ अनि हामीमा परीक्षा हुनेछ। तर हेर, परमप्रभु मेरो मालिकले मलाई साथ दिनुहुनेछ। यसकारण कसैले पनि मलाई पापी भएको देखाउनु सक्तैन्। ती सारा मानिसहरू पुरानो लुगाहरू जस्ता हुनेछन्। मद्यले तिनीहरूलाई खानेछ।
यशैया 50:7-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रभु याहवेहले मलाई सहायता दिनुभएकोले म अपमानित हुनेछैनँ। यसकारण मैले आफ्नो अनुहारलाई चकमके ढुङ्गाझैँ स्थिर पारेको छु, र म शर्ममा पर्नेछैनँ भनी जान्दछु। मलाई निर्दोष ठहराउनुहुने मेरो छेउमा हुनुहुन्छ। यसकारण कसले मेरो विरुद्धमा अभियोग लगाउन सक्छ र? हामी एक-आपसको सामना गरौँ! मलाई दोष लगाउने को हो? त्यसले मेरो सामना गरोस्! मलाई सहायता गर्नुहुने प्रभु याहवेह नै हुनुहुन्छ। कसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगाझैँ थोत्रा भएर जानेछन्; तिनीहरूलाई किराहरूले खाइदिनेछन्।
यशैया 50:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरूले गरेका बेइज्जतीले मेरो केही नोक्सान गर्दैन किनभने सार्वभौम परमप्रभुले मलाई सहायता दिनुहुन्छ। ती सहन मैले आफैंलाई स्थिर पारेको छु। म जान्दछु कि मेरो बदनाम हुनेछैन किनभने परमेश्वर नजिकै हुनुहुन्छ र उहाँले मलाई निर्दोष साबित गर्नुहुन्छ। कसले मेरो विरुद्धमा मुद्दा ल्याउन साहस गर्दछ? लौ, हामी सँगै अदालतमा जाऔं! त्यसले मेरो विरुद्धमा आफ्नो बयान देओस्! सार्वभौम परमप्रभुले आफैं मेरो पक्षमा बोल्नुहुनेछ: त्यसो भए कसले मलाई दोषी ठहराउन सक्छ? मलाई दोष लाउनेहरू सबै जना देखापर्नेछैनन्। किराले खाएका लुगाझैँ तिनीहरू लोप हुनेछन्।