YouVersion लोगो
खोज आइकन

यशैया 44:1-5

यशैया 44:1-5 सरल नेपाली

परमप्रभु भन्‍नुहुन्‍छ, “हे इस्राएल, मेरो सेवक र मैले रोजेको प्रजा, याकूबको सन्‍तान, अब सुन्। तँलाई सृजना गर्ने परमप्रभु म हुँ, तँ जन्‍मेको समयदेखि मैले तँलाई सहायता गरेको छु। नडरा, तँ मेरो सेवक होस्, मैले चुनेको प्रजा, जसलाई म माया गर्दछु। “तिर्खाएको जमिनलाई म पानी दिनेछु र सुख्‍खा जमिनमा खोलाहरू बहाउनेछु। म तेरा सन्‍तानमाथि मेरा आशीर्वाद र तेरा छोरा-छोरीहरूमाथि मेरो आत्‍मा खन्‍याइदिनेछु। तिनीहरू राम्ररी पानी पाएका घाँसझैँ, खोलाको नजिक उम्रेका लहरे-पीपलजस्‍ता सप्रनेछन्! “एक-एक गरी मानिसहरूले भन्‍नेछन्: ‘म परमप्रभुको हुँ।’ तिनीहरू इस्राएलका मानिसहरूसित मिल्‍न आउनेछन्। प्रत्‍येकले आफ्‍नो बाहुमा परमप्रभुको नामको चिन्‍ह लाउनेछ र आफैंलाई इस्राएल भनी नाम राख्‍नेछ।”

यशैया 44 पढ्नुहोस्